ट्यालेन्ट शोमा मिस नेवा:का प्रतिस्पर्धिहरु

काठमाडौं– नेप्लीज फेसन होमको आयोजनामा शनिवार काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा ‘मिस नेवा: ११३८’ का प्रतिस्पर्धि नेवार समुदायका युवतीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
थापाथलीस्थित ब्लूबर्ड मलमा रहेको मूड्समा आयोजित ट्यालेन्ट शोमा सहभागि १७ जना प्रतिस्पर्धि सुन्दरीहरु मध्ये अधिकांशले नृत्य प्रस्तुत गरे । परम्परागत नेवारी पहिरन हाकु पटासीमा सजिएका अधिकांश सहभागिहरुले नृत्यमार्फत प्रतिभा प्रस्तुत गर्न नेवारी भाषाका लोकप्रिय गीतहरु छनोट गरेका थिए । त्यसमध्ये केही प्रतिस्पर्धिहरुले विभिन्न धार्मिक नृत्य समेत प्रस्तुत गरे । चर्या, कुमारी, चण्डी जस्ता धार्मिक नृत्य प्रस्तुत गर्ने प्रतिस्पर्धिहरु देवीकै स्वरुपमा प्रस्तुत भएका थिए ।
ट्यालेन्ट शोको क्रममा रिजु मानन्धर, बीना महर्जन, सृष्टि शाक्य, राधा श्रेष्ठ, निकिता शाक्य, प्रजिता श्रेष्ठ, सन्ध्या श्रेष्ठ, प्रज्ञा श्रेष्ठ, अनिशा तोयना, मतिना मानन्धर, प्रदिका महर्जन, उस्मि श्रेष्ठ तथा पस्मिना शाक्यले प्रतिभा प्रदर्शनका लागि नृत्य रोजेका थिए ।
त्यसैगरि प्रतिस्पर्धिहरु अञ्जु श्रेष्ठ, सरिसा श्रेष्ठ तथा मिलु श्रेष्ठले वक्तृत्व कलामार्फत आफ्ना भनाइ व्यक्त गरेका थिए । प्रतिस्पर्धिहरु मध्येकी एक सरिला मर्हजनले धिमे बाजा बजाएकी थिईन् । कुर्सीमा बसेर एक जोर धिमे बजाउने क्रममा सरिलालाई अर्का एक जना बाद्य वादकले पनि साथ दिएका थिए ।
ट्यालेन्ट शोको निर्णायकहरुमा गायक निर्णय श्रेष्ठ, समाजसेवी उज्जवल कृष्ण श्रेष्ठ, पूर्व मिस नेवाद्वय योगिता महर्जन, इप्सु श्रेष्ठ, नेपाल टेलिकमकी व्यवस्थापक रीना डंगोल, नेपा: डान्स एकेडेमीकी संयोजक रीना महर्जन, उद्योगी प्रदीपमान प्रधान, क्यान्सर एसोसिएसनका अध्यक्ष अजय सिंह सुवाल तथा डा.विमला शाक्य रहनु भएको थियो ।
नेवार समुदायका युवतीहरुलाई नेवार भाषा, कला,संस्कृति, धर्म तथा रितिरिवाजका बारेमा जानकारी दिँदै यीनको संरक्षणमा प्रेरित गर्ने उदेश्यले विगत १३ वर्षदेखि मिस नेवा: प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन् ।
मिस नेवा: को निर्णायक प्रतियोगिता जेठ १२ गते काठमाडौंमा सम्पन्न हुनेछ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...