प्युठानमा बस दुर्घटना
५ जनाको दुर्घटनास्थल मै मृत्यु

प्युठान– प्यूठानमा रात्री बस दुर्घटना हुंदा ५ जनाको दुर्घटनास्थल मै मृत्यु भएको छ । महेन्द्रनगरबाट प्यूठानको खलैगा जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको बस रात्री बस सरुमारानी गाउँपालिका ४ पाकुरीखालामा दुर्घटना भएको हो । बड्डाँडाबाट २ किमि उत्तरमा हेडलाइट र स्टार्ट बन्द भएपछि बस दुर्घटना भएको घाइतेले बताएका छन ।
बस गए राती २ बजेतिर सडकबाट २ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनास्थलबाट अहिले सम्म ५ जनाको शव फेला परेको छ । चालक वीरबहादुर चौधरीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । घाईते २० जना मध्ये ४ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । १६ जनाको जिल्ला अस्पताल प्यूठानमा उपचार भइरहेको छ ।
१२ जनाको अवस्था चिन्तजनक रहेको प्रहरीको भनाई छ । अहिले पनि उद्धार कार्य जारी छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...