जेनिफरको खुलासा

हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेजले विगतमा आफूमाथि यौन हिंसा भएको खुलासा गरेकी छिन् । हार्पर्स बजार पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा लोपेजले पछिल्लो समय सोसस साइटमार्फत थुप्रै अभिनेत्रीहरुले आफूमाथि हुने गरेका यौन हिंसाका घटनाहरु सार्वजनिक गर्नु सकारात्मक कार्य भएको उल्लेख गरेकी छिन् । ती मध्ये कतिपय घटनाहरु निकै घिनलाग्दा भएको लोपेजको भनाइ छ । लोपेज भन्छिन्–‘ममाथि त्यति धेरै ज्यादती त भएन, यद्यपि जति बेला मैले यो उद्योगमा पाइला टेकें, त्यो बेलाको एउटा घटनाले मलाई नराम्रो चोट पुर्याएको छ ।’ लोपेजका अनुसार उनलाई त्यो बेला एक जना निर्देशकले काम दिने शर्तमा घरमा बोलाएका थिए । घर पुगेर कुराकानी भएको केही क्षणमै निर्देशकले उनलाई शर्ट खोल्न भनेछन् । उनको उदेश्य लोपेजको भित्री अंग नियाल्नु थियो । निर्देशकको प्रस्तावलाई लोपेजले ठाडै अस्विकार मात्र गरिनन्, उनको घरमा एक मिनेट पनि बसिनन् । आज पनि आफूलाई उक्त घटनाले तर्साउने उल्लेख गर्दै जेनिफरले ती निर्देशकको नाम भने घोषणा गर्न चाहिनन् ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...