जेनिफरको खुलासा

हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेजले विगतमा आफूमाथि यौन हिंसा भएको खुलासा गरेकी छिन् । हार्पर्स बजार पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा लोपेजले पछिल्लो समय सोसस साइटमार्फत थुप्रै अभिनेत्रीहरुले आफूमाथि हुने गरेका यौन हिंसाका घटनाहरु सार्वजनिक गर्नु सकारात्मक कार्य भएको उल्लेख गरेकी छिन् । ती मध्ये कतिपय घटनाहरु निकै घिनलाग्दा भएको लोपेजको भनाइ छ । लोपेज भन्छिन्–‘ममाथि त्यति धेरै ज्यादती त भएन, यद्यपि जति बेला मैले यो उद्योगमा पाइला टेकें, त्यो बेलाको एउटा घटनाले मलाई नराम्रो चोट पुर्याएको छ ।’ लोपेजका अनुसार उनलाई त्यो बेला एक जना निर्देशकले काम दिने शर्तमा घरमा बोलाएका थिए । घर पुगेर कुराकानी भएको केही क्षणमै निर्देशकले उनलाई शर्ट खोल्न भनेछन् । उनको उदेश्य लोपेजको भित्री अंग नियाल्नु थियो । निर्देशकको प्रस्तावलाई लोपेजले ठाडै अस्विकार मात्र गरिनन्, उनको घरमा एक मिनेट पनि बसिनन् । आज पनि आफूलाई उक्त घटनाले तर्साउने उल्लेख गर्दै जेनिफरले ती निर्देशकको नाम भने घोषणा गर्न चाहिनन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...