आजदेखि मुलुक लोडसेडिङमुक्त

काठमाडौं– नेपाल विद्युत्त प्राधिकरणले आज सोमबारदेखि औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटाएको जनाउदै मुलुक आजदेखि लोडसेडिङमुक्त भएको घोषणा गरेको छ । प्राधिकरणले आजदेखि औद्योगिक क्षेत्रमा गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङसमेत अन्त्य भएको घोषणा गरेको हो ।
चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा‚ जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले वैशाखदेखि लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । त्यही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।
‘खोला तथा नदीमा वृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि‚ अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन‚ कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग‚ संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं‚ घिसिङको भनाइ छ —‘अब मुलुकपूर्ण रुपमा लोडसेडिङमुक्त भएको छ ।’
अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिएका छन् ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनदेखि परीक्षणका रुपमा काठडमाडौं उपत्ययका लगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...