आजदेखि मुलुक लोडसेडिङमुक्त

काठमाडौं– नेपाल विद्युत्त प्राधिकरणले आज सोमबारदेखि औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटाएको जनाउदै मुलुक आजदेखि लोडसेडिङमुक्त भएको घोषणा गरेको छ । प्राधिकरणले आजदेखि औद्योगिक क्षेत्रमा गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङसमेत अन्त्य भएको घोषणा गरेको हो ।
चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा‚ जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले वैशाखदेखि लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । त्यही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।
‘खोला तथा नदीमा वृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि‚ अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन‚ कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग‚ संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं‚ घिसिङको भनाइ छ —‘अब मुलुकपूर्ण रुपमा लोडसेडिङमुक्त भएको छ ।’
अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिएका छन् ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनदेखि परीक्षणका रुपमा काठडमाडौं उपत्ययका लगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...