बिष्णु सापकोटाको नयाँ रोइला गित “अष्ट्रेलिया गएको” सार्बजनिक 

(म्युजिक भिडियो सहित )
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियाको सिड्निमा रहेर नेपाल र नेपालि कला, संस्कृति, पर्यटन, गित  तथा संगितक क्षेत्रमा आफुलाई सधै अंग्रपंक्तिमा राख्दै आइरहेका युवा बिष्णु सापकोटाले आफ्नो नयाँ रोइला गित “अष्ट्रेलिया गएको” बजारमा ल्याएका छन । मायालु ईन्टरटेनमेन्ट्स नामक कम्पनि चलाइरहेका उनले साथिभाइहरुको साथ र सहयोगको कारण अष्ट्रेलियामा कार्यक्रम र नेपालको गितसंगितमा एक साथ काम गर्न भ्याएको बताउंछन ।
निक्कै रमाइलो पाराले अष्ट्रेलिया सम्बन्धि बिषयहरु पनि उठाइएको यस नयाँ रोइला गितका शब्दहरु सापकोटाका आफ्नै सिर्जना  हुन ।  खुमन अधिकारी र मन्जु पौडेलको आवाज रहेको यस रोईला गितमा लय खुमन अधिकारिको रहेको छ भने राजेश घिमिरेको छायांकन र  विष्णु शर्माले यस गितको म्युजिक भिडियोको सम्पादन गरेका हुन् । नेपालमा हाल निक्कै चर्चा कमाएकी करिश्मा ढकाल र शम्भु रिजालको शशक्त अभिनय रहेको यस म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन भने गित मायालु मार्फत  ईन्टरटेनमेन्टको युटुब मार्फत सार्वजनिक गरिएको छ।
म्युजिक भिडियो  युटुबमा दैनिकी नै प्रत्येक दिन १ लाख भनिदा बढि भ्युज थपिदै गएको देख्दा आफु निक्कै उत्साहित भएको पनि यस गितका सर्जक बिष्णु सापकोटाले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए।
भिडियो: