बिहिबार पार्टि एकताको घोषणा हुने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्ततः भोलि बिहिबार नै पार्टी एकताको घोषणा गर्ने भएका छन् । भोलि जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको छ । भोलि साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुने दावी गरिएको छ ।
नेकपा एमालेका एक विश्वस्त स्रोतले भोलि दिउँसोसम्म कुनै नाटकीय घटना भएन भने पार्टी एकता हुने दावी गरेका छन् । स्रोतका अनुसार विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ । तयारीका लागि आज अपरान्ह चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलयको बैठक बोलाएको छ ।