आजै घोषणा हुँदै एमाले–माओवादी एकता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रले आज बिहिबार पार्टी एकताको घोषणा गर्ने अन्तिम तयारी गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको हो । आज साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुनेछ ।
यसअघि आजै विहान बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्र्यापण गरे । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठकमा सहभागि हुने कार्यक्रममा छ । साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणमा सहमति जुटेसँगै पदीय भागवण्डा पनि मिलेको छ । नेताहरुले गरेको सहमति अनुसार एमाले–माओवादी विघटन गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिने छ ।
पार्टीको चुनाव चिन्ह सूय नै रहने विषयमा यस अघि नै सहमति भैसकेको छ । नेताहरुको बीचमा भएको सहमति अनुसारको भागवण्डामा केन्द्रीय कमिटीमा एमालेका २४१ र माओवादीका २०० जना सदस्य रहनेछन । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहनेछन ।