प्रधानमन्त्री ओली नै संसदीय दलका नेता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ । शनिबार नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।
नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गर्नु भएको प्रस्तावमा सबै सांसदले समर्थन जनाउनुभएको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने वैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओली उक्त पदमा चुनिनु भएको हो ।