केन्द्रीय सदस्यमा अर्थमन्त्री र सञ्चार राज्यमन्त्री

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेको बताइन्छ ।
माओवादी केन्द्रसंग मिलेर बनेको नेकपाको केन्द्रीय कमिटीमा अर्थमन्त्री डा।युवराज खतिवडा परेका छन् । खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा थपिएका छन् ।
यस्तै नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो । एमालेको साविक केन्द्रीय कमिटीमा २०० सदस्य थिए । थप केन्द्रीय सदस्यको सूचिमा अर्थमन्त्रीको पनि नाम रहेको एमाले निकट स्रोतले जानकारी दिएको छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...