माछापुच्छ्रे फुटबल क्लब (एमएफसी) को बार्षिक गाला डिनर सम्पन्न
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नीमा रहेका फुटबलप्रेमीहरु द्वारा सन् २०१३ मा स्थापित एमएफसी ले वर्षभरि नेपालि समुदायमा आयोजित दर्जनौ फूटबल टुर्नामेन्टहरुमा आफ्नो उत्कृस्ट खेल प्रदर्शन गर्दै अधिकांश खेलहरुमा च्याम्पीयनशिप प्राप्त गरेको खुशियालीमा गत १९ मे शनिबार साँझ आफ्नो बार्षिक गला डिनर सम्पन्न गरेको छ।
क्लबका अध्यक्ष बिजेन बाटाजुले गाला डिनरमा उपस्थित सबैलाई स्वागत गर्दै एमएफसीले प्राप्त गरेको यो अभूतपूर्व सफलतामा अथक परिश्रम गर्ने खेलाडीहरु, उनीहरुलाई समर्थन गर्ने परिवारका सदस्यहरु, प्रयोजन गर्ने ब्यबसाईहरु मिडियाहरु प्रति हार्दिक आभार ब्यक्त गरे। एमएफसी परिवार फूटबल प्रेमी युवाहरु लाई संगठित गर्दै बनेको यो सशक्त फूटबल क्लब केवल खेलकूद मात्र नभई थुप्रै सामाजिक र परोपकारी कार्यहरुमा पनि उल्लेख्य योगदान गरेको जानकारी दिए । करिब ३ बर्ष अगाडी नेपालमा गएको महाभूकम्प पिडितहरुलाई राहत, उद्दार तथा पुननिर्माणमा सहयोग, सहारा क्लब पोखरालाईआर्थिक सहयोग, धुर्मुस सुन्तली फाउन्डेसनलाईआर्थिक सहयोग तथा ध्रुब थापा प्रतिस्ठानलाई क्लबले सक्दो सहयोग गरेको जानकारी दिदै एमएफसीले हालै बच्चाहरुका लागि पनि फुटबल खेल आयोजना गरेको अध्यक्ष बिजेन बाटाजूले आफ्नो स्वागत तथा धन्यबाद मन्तब्यमा बताए।

एनएसडब्लु महाबाणिज्य दुत दिपक खड्काको प्रमूख आतिथ्यमा सम्पन्न गला डिनरमा क्लबका सम्पूर्ण खेलाडीहरु तथा प्रायोजकहरु लाई मायाको चिनो स्वरूप प्रशंशा ट्रफी प्रदान गरिएको थियो। कार्यक्रममा एमएफसीले आज सम्म प्राप्त गरेका दर्जनौ च्याम्पियन ट्रफीहरु प्रदर्शन गरिएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै महाबाणिज्य दुत दिपक खड्काले एमएफसी कुनै पनि अन्तराष्ट्रिय क्लब भन्दा कम नभएको र अब यसले अस्ट्रेलियाको राष्ट्रिय खेलमा बिस्तारै प्रवेश गर्नुपर्ने सुझाब दिए। पुरष्कार वितरण तथा मन्तब्य दिने क्रममा एमएफसी सल्लाकार बिष्णु हमाल, एन्फा उपाध्यक्ष अनिल थापा, जीएनसी खेलकूद सचिब राजिव प्रधान, एनआरएनए उपध्यक्ष नन्द गुरुङ, नेपाली टाईम्स अष्ट्रेलियाका प्रकाशक महेन्द्र लम्साल, नेपाली क्रिकेट क्लबका अध्यक्ष अजय क्षेत्री तथा बिश्वास भट्टराईले एमएफसीको उपलब्धि र खेलाडीहरु को लगनशिलताको प्रशंशा गरे । गाला डिनरमा बाल कलाकारहरुले बिभिन्न गितहरुमा आफ्नो नृत्य समेत प्रस्तूत गरेका थिए।