राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
एकल बहुमत सहितको कम्युनिस्ट सरकारले सम्वृद्धिका योजना समेटेर आगामी दिनमा गर्ने कामहरुको क्यालेन्डरसहित आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
सोमबार वाम गठबन्धनको चुनावी घोषणापत्रमै आधारित भएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भभएको हो । सरकारले सार्वजनिक गरेको निति तथा कार्यक्रममा तीब्र आर्थिक गतिको विकासलाई सोमबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले विशेष महत्व दिएको पाइएको छ ।
५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य सरकारकोे प्राथमिकतामा परको छ ।
देशमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रत्येक नेपालीको बैंक खाता अनिवार्य हुनुपर्ने र सम्पूर्ण कारोबार बैंकिङ प्रणाली मार्फत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकले जोड्ने ,राजमार्गहरुलाई एक्सप्रेस वेका रुपमा विकास गर्ने साथै चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी नयाँ राजमार्ग निर्माण गरिसक्ने सरकारको योजना छ ।
अबको १० वर्षभित्र देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने , सबै नागरिकका लागि समान अवसर र सुरक्षाको प्रत्याभुती दिलाउने सरकारको लक्ष्य छ । सरकारले संघ–संस्था र कोषहरुमा निस्क्रिय रुपमा रहेको रकम उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने, निस्क्रिय लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउने, सम्पत्ति शुद्धीकरणविरुद्ध कठोर कदम चाल्ने, नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
सामाजिक सुरक्षाका योजनाहरुलाई जोड दिदै वृद्ध, अशक्त, बालबालिका, गरिबीको रेखामुनी रहेका र सिमान्तकृत समुदायलाई लक्षित गरेर नयाँ कार्यक्रम समावेश गरिएको छ । उर्जाको विकास, रेलमार्ग र जलमार्ग सहितको आयोजनाहरु कार्यक्रम समेटिएको छ । सामाजिक न्याय सहितको विकास गर्ने योजनाहरु समेत नीति कार्यक्रममा समावेश गरिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा वर्तमान पुस्ताले नै अनुभूत गर्नेगरी विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित भएर सरकार अघि बढ्ने कार्ययोजना छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...