सरकारको नीति तथा कार्यक्रममा कांग्रेसको प्रतिक्रिया

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले सरकारले ल्याएको नीति तथा कार्यक्रम पार्टीको घोषणापत्र जस्तो भएको भन्दै आधिकारिक धारणा राखेको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको संसदीय दलको बैठकले यो नीति र कार्यक्रम पार्टीको घोषणापत्र जस्तो घोषणाको पुलिन्दा मात्र रहेको निष्कर्ष निकालेको हो ।
सोमबार विज्ञसहित बसेको संसदीय दलको बैठकमा विज्ञहरूले आ–आफ्नो राय तथा सुझाव दिएका थिए । नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रालाई संस्थागत गर्ने, नेपाली जनताको घर आगनमा सरकारको सेवा र सुविधा पुर्याउने सबैको प्रतिबद्धता एवं नेपाली जनताको चाहनालाई बेवास्ता गर्दै स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको पनि कांग्रेसले ठहर गरेको छ।
‘नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, नेपाली जनताको घर आगनमा सरकारको सेवा र सुविधा पुर्‍याउने सबैको प्रतिबद्धता एवं नेपाली जनताको चाहनालाई वेवास्ता गर्दै स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक ल्याएको छैन’, बैठकपछिको निर्णयमा भनिएको छ– ‘आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रस्ट धारणा ल्याउन सकेको छैन ।’
जनताद्वारा निर्वाचित संविधानसभाले संविधान निर्माण गरी तीनै तहका निर्वाचन सम्पन्न भइसकेको अवस्थामा जनताको सम्वृद्धिको चाहनालाई पूरा गर्ने दृढता नीति तथा कार्यक्रमले प्राथमिकता दिन नसकेको पनि काग्रेस संसदीय दलको बैठकले निष्कर्ष निकालेको मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिएका छन् ।