२६ र २७ मे मा अमेरिकामा यूएनए सम्मेलन हुँदै, शेष घले दम्पती सहभागी ह’ँदै

होमप्रसाद लम्साल
अमेरिका, अमेरिकामा बसोबास गर्ने दोश्रो पुस्तालाई अमेरिकी मुलधारमा समेट्ने मुल उदेश्यका साथ यहि मे २६ र २७ मा टेक्सासमा युनाईटेड नेपलीज् एसोसियसन(यूएनए) को तेश्रो सम्मेलन हुने भएको छ । कार्यक्रममा अमेरिकी मुलधारको राजनीतिमा सहभागिताका लागि कस्तो मार्ग अपनाउने, सीप र क्षमता भएर पनि उच्चस्तरको व्यपार र जागिरका लागि कसरी पहुँच पुर्याउने र अमेरिकामा पाईने विविध अवसरका बारेमा विज्ञहरुबाट प्रस्तुतिसहित छलफल हुनेछ । सम्मेलनको उद्घाटनका लागि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की, गैरआवासिय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले र जमुना घले अमेरिका आउने आयोजक संस्था यूएनएका अध्यक्ष पासाड लामाले बताउनु भयो ।
दुई दिनसम्म चल्ने सो सम्मेलनको पहिलो दिन उद्घाटन र विभिन्न विधाका खेलका साथै रचनात्मक प्रतियोगिताहरु हुनेछन भने दोश्रो दिन विभिन्न विषयमा कार्यपत्र प्रस्तुति, छलफल र निष्कर्ष तथा समापन हुनेछ । विगत बर्षहरुमा गरिएको सम्मेलनबाट सिक्दै यस बर्ष थप परिमार्जित तथा विशेष कार्यक्रम गर्न लागिएकोले यसको फाईदा युवा पुस्तालाई बढी हुने, अमेरिकामा अवसर र त्यसका लागि अपनाउनु पर्ने विविध विषयमा सम्मेलन केन्द्रित हुने अध्यक्ष लामाले बताए । दोश्रो दिनको कार्यक्रममा ईमिगे्रसनको विषयमा जानकारी, आईटि तथा क्यारियर फेयर, महिला फोरम, बालिबालिकाहरुलाई लक्षित गरिएको स्पीलिड र वक्तृत्वकला प्रतियोगिता, सकारात्मक सोचका बारेमा सत्र, लगानी र संभावनाबारे छलफल, साधारण सभा र समापन सत्रको कार्यक्रम रहेको छ ।
विगत बर्षमा जस्तै यस बर्ष पनि विभिन्न खेलमा युवाहरुको उत्साहजनक सहभागिता रहेको छ । जसमा सकरको नौ टिम, बास्केटबलको ६ टिम, भविबलको ८ टिम, क्रिकेटको ६ टिम र टेवुल टुनिसका लागि ३० टिमले खेलका लागि दर्ता गरिसकेको यूएनएका अध्यक्ष लामाले बताए । कार्यक्रममा हुने साँस्कृतिक साँझका लागि नेपालबाट चर्चित गायीका अन्जु पन्तले सहभागिता जनाउने छन भने बाँकी स्थानीय कलाकारहरुको सहभागिता रहने छ । कार्यक्रममा बेलायत, हंडकड, अष्ट्रेलिया, क्यानडा र अमेरिकका १५ भन्दाबढी राज्यबाट पाँचहजार पाहुनाका साथै ५ सय जना विभिन्न खेलका खेलाडीहरु सहभागी हुने आयोजक सस्थाका अध्यक्ष लामाले बताए ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...