प्रधानमन्त्रीको सम्पत्ती विवरण सार्वजनिक

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । प्रधानमन्त्री ओलीको सार्वजनिक सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख लगायत देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पती विवरणमा ओलीको अचल सम्पती श्रीमती राधिका शाक्यको नाममा छ । जसमा २ वटा घर छन्। २ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी छ। ओलीको झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ। ओलीसँग करिब १८ तोला सुन पनि रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै ओलीकी श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छे बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी रहेको पनि सार्वजनिक सम्पती विवरणमा देखिएको छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...