जारी छ गोरेसंगको वयान

विराटनगर– सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा दोस्रो दिन पनि बयान लिइएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा विहिबार पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ । बिहान १० बजेदेखि शुरु भएको बयान साँझ ५ बजेसम्म जारी रह्यो । उप्रेतीले १६ पृष्ठको बयान दिएको बताइएको छ । मंगलबार पक्राउमा परेका उनको बयान बुधबारदेखि शुरु भएको हो । उनले बुधबार बयानका लागि उपस्थित भएपछि आफु असुरक्षित महसुस गरिरहेकाले मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा बस्नुपर्ने भनी अदालतसँग माग गरेका थिए ।
सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो । उप्रेती पक्राउमा परेपछि अब फरार आरोपीको सङ्ख्या ३२ रहेको छ ।
पुर्पक्षका लागि थुनामा राख्ने आदेशानुसार कारागार पठाइएकामध्येबाट एक जना पूर्वप्रहरी नायब महानिरीक्षक र पाँच निलम्बित प्रहरी अधिकारी गरी छ जना छन् । जिल्ला अदालतले वैशाख १९ गते ६३ जनामाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० पैसा १३ बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको छ ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...