नीति तथा कार्यक्रम पारित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा०को असन्तुष्टि रहेको थियो । ती २ पार्टीले संशोधनको सूचना राखे पनि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी २३ जनाका ६ वटा संशोधनका सूचना दर्ता भएका थिए ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसद डा। मीनेन्दप्रसाद रिजाल र राजपाका सांसद अनिलकुमार झाले संशोधनलाई निर्णयार्थ प्रस्तुत गराउनु भएको थियो । संशोधन बहुमतले अस्वीकृत भयो ।
संघीय समाजवादी फोरम नेपालका सांसदहरू प्रदीप यादव, राम सहायप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र रेनुका गुरुङले विभिन्न बुँदामा संशोधनको सूचना दर्ता गराउनु भएको थियो ।
प्रदीप यादवको तर्फबाट सांसद् उमाशंकर अरगरियाले संशोधन फिर्ता लिनुभएको थियो । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि पनि सांसद्हरू भरतकुमार साह, सञ्जयकुमार गौतम, महेन्द्र राय यादव, राम सहायप्रसाद यादव, अमरेशकुमार सिंह, डा। मीनेन्द्रप्रसाद रिजाल, दीलेन्द्रप्रसाद बडु, पार्वती डीसी चौधरी, सरिता गिरीलगायतले जवाफ चित्तबुझ्दो नभएको भन्दै पुन स्पष्ट पार्न माग गर्नुभएको थियो । संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुअघि प्रधानमन्त्रीले जवाफ दिनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार संघीय संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममाथि चार दिनसम्म संसदमा ३ दिनसम्म छलफल भएको थियो । सत्तापक्षले नीति तथा कार्यक्रम प्रभावकारी भएको बताएका थिए भने विपक्षी दलका सांसद्हरूले नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका थिए ।
यसैबीच, सरकारले आज मंगलबार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७५/०७६ को वजेट सार्वजनिक गर्दै छ ।