अञ्जु पन्तको स्वरमा अम्बिका शब्द

काठमाडौं– लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रेकर्ड भएको एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । आधुनिक शैलीको ‘त्यो मनसंग यो मन…’ गीतमा गायिका अञ्जु पन्त निकै मेलोडियस सुनिएकी छिन् ।
ओम कर्माचार्यको संगीत तथा संगीत संयोजनमा तयार भएको उक्त गीतका रोमान्टिक शब्दहरु गीतकार अम्बिका ज्ञवालीले रचना गरेकी हुन् । गीतकार ज्ञवालीले गीतका शब्दहरुलाई प्रेमिल बनाउन प्रसस्त मेहनत गरेकी छिन् । रमाइलो कुरा के छ भने यही गीतको म्युजिक भिडियोमा गीतकार ज्ञवालीलाई मोडलको रुपमा समेत देख्न सकिन्छ । भिडियोमा गीतकार ज्ञवालीले अभिनेता अनिल थापासंग अनस्क्रिन रोमान्स गरेकी छिन् । उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
चलचित्र कोहलपुर एक्सप्रेसका युवा निर्देशक विशाल भण्डारी यही भिडियोमार्फत पुनस् म्युजिक भिडियोको निर्देशनमा सक्रिय भएका छन् । उक्त चलचित्रका लागि धेरै समय खर्चिएका भण्डारी चलचित्रको प्रदर्शनपछि पुनस् भिडियोमा सक्रिय भएका हुन् । प्रस्तुत गीतको भिडियो उनले पछिल्लो चरणमा निर्देशन गरेका भिडियोहरु मध्येको एक हो । कोहलपुर एक्सप्रेसको सफलतापछि चलचित्रकै निर्देशनका लागि आइरहेको प्रस्तावलाई केही समय थाँति राख्दै भण्डारीले केही समय म्युजिक भिडियोलाई दिने निर्णय गरेका हुन् ।
त्यो मन…को म्युजिक भिडियो
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...