प्रदेश नम्बर ४ अब गण्डकी प्रदेश

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

पोखरा– प्रदेश नम्बर ४ को नाम गण्डकी तथा प्रदेश राजधानी पोखरामा राख्नुपर्नेको संख्या ४५ प्रतिशत रहेको छ ।
प्रदेशको नाम तमुवान मगरात राख्न पनि ठुलै समुहले सुझाव दिएका छन् । प्रदेशको नाम राख्न गठित समितिलाई बिभिन्न जातीय समुहले प्रदेशको नाम जातीय आधारमा राख्नु पर्ने सुझाव दिएका थिए ।
अब प्रदेश सभाबाट बहुमतले प्रदेशको नाम राख्ने ४ नम्वर प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । प्रदेशको नाम सिफारिस गर्न गठित समितिले प्रदेश भित्र पर्ने ११ वटा जिल्ला घुमेर तयार पारेको प्रतिवेदन अनुसार ४५ प्रतिशत जनताले गण्डकी प्रदेश नामाकरण गर्न सुझाव दिएको भन्दै समितिले आफ्नो प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
प्रदेश नम्बर चारको राजधानी भने पोखरानै राख्नुपर्ने धेरैको सुझाव छ । ९४ प्रतिशतले पोखरा राजधानी हुनुपर्ने सुझाव दिएका हुन् ।