ईन्दिरा जोशीले मन्दिरमै विहे गरेपछि…(भिडियोसहित)

काठमाडौं– गायिका ईन्दिरा जोशीले एक जना अग्ला कदका युवकसंग मन्दिरमै विवाह गरेकी छिन् । ईन्दिरा जोशीले गायक आर्जन पाण्डेलाई मन्दिरमै वरमाला पहिराइदिएकी हुन् ।
झुक्किनु भयो, नझुक्किनुस् । गायिका ईन्दिरजा जोशीले आफ्नै नयाँ यूगल गीत ‘रेलीमाइ…’ को म्युजिक भिडयोमा गायक आर्जनसंग विवाह गरेको दृष्यमा अभिनय गरेकी हुन् ।
हाइलाइट्स रेकर्ड्सको यूट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन् । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।
नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।
हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देशन गरेका हुन् । निशान घिमिरेले उक्त म्युजिक भिडियो सम्पादन गरेका हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।
यस्तो छ ईन्दिर र आर्जनको रेलिमाईको भिडियो

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...