डा.देवकोटाको उपचार जारी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटालाई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा उपचार गराई रहेको न्यूरो अस्पतालले जनाएको छ । हिजो शुक्रवार राती देवकोटालाई भेन्टिलेटरबाट निकालेर आईसियूमा नै राखी उपचार गराईरहेको पनि जनाएको छ । उहाँको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
डा।देवकोटाको स्वास्थ्यमा सुधारको क्रम कम हुदै स्वासप्रस्वासमा समेत गाह्रो भएपछि मंगलबार देखि सघन उपचार कक्षमा भेन्टिलेटरमा राखि उपचार गराउँदै आएको थियो । भेन्टिलेटरमा पनि उहाँलाई असहज भएका कारण शुक्रवार रातीबाट भेन्टीलेटरबाट निकालीएको अस्पताल स्रोतले जनाएको छ । उहाँको उपचार जारी रहेकै अवस्थामा सामाजिक संजालमा फैलाएका सन्देशमा सत्यता नरहेको पनि अस्पतालले स्पष्ट पारेको छ ।