क्रिएसनको फेसन नोभामा सेलिब्रेटी वाक

काठमाडौं– दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित फेसन नोभा– २०१८ मा व्यवसायिक मोडलदेखि सेलिब्रेटीहरुले समेत क्याटवाक गरेका छन् ।
द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले आयोजना गरेको उक्त फेसन शोमा विभिन्न सात वटा सिक्वेन्सहरुमार्फत पहिरन प्रदर्शन गरिएको हो ।
फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्नका लागि द क्रिएसनले यो फेसन शो आयोजना गरेको संस्थाकी अध्यक्ष मनिता थापाले बताएकी छिन् ।
फेसन शोमा डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।
डिजाइनरहरुले फेसन शोका लागि विभिन्न सात वटा थिममा विशेष डिजाइन तयार पारेका थिए । जस अन्तर्गत ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्ट्ष्टििक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्समा विभिन्न पहिरनहरु प्रदर्शन गरिएका हुन् ।
फेसन शोमा मोडल तथा अभिनेत्री रेनुका सिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराईले ती सात वटा थिममा सिक्वेन्स स्टपर्सको रुपमा क्याटवाक गरेका थिए । उनीहरुलाई डेढ दर्जन व्यवसायिक मोडलहरुले क्याटवाकमा साथ दिएका थिए । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सको रुपमा प्रस्तुत भएकी थिइन् ।
जेनिफर बज्राचार्यद्वारा संयोजन गरिएको उक्त फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरेकी हुन् ।
फेसन शोको क्रममा हास्य अभिनेता तथा जादुगर महादेव त्रिपाठी, गायिका श्रृजना गुरुङ, गायक ध्रुव विश्कोले गीत–संगीत प्रस्तुत गरेका थिए भने कलाकार अभिषेक श्रेष्ठले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...

काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– इ–प्लानेट नेशनल हाइ स्कूल क्रिकेट च्याम्पियनशीप–२०८१ अन्तर्गत सोमवार भएको काठमाडौं क्वालिफायरर्सको...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...