हिलाम्ये वर्षा रोकिएन

काठमाडौं– तीन दिन अघिदेखि काठमाडौं लगायत देशका धेरै भागमा हिलो मिसिएको वर्षा हुने क्रममा जारी छ । त्यस्तो वर्षाका कारण घरको छत तथा बोट विरुवा हिलाम्ये भएका छन् ।
वर्षाले वायुमण्डलमा रहेको प्रदुषण र धुँवा धुलो झारेपछि यस्तो असर देखिएको मौसमविद्हरुको भनाइ छ । भारतको राजस्थान आसपासको मरुभूमिमा केहि दिन देखि चलेको हुरीले नेपालको वायु मण्डलमा भित्र्र्याएको धुँलोको कणलाई वर्षाले पखाल्दा यस्तो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जमिनको सतहबाट २ किलोमिटर उचाई आसपासको वायुमण्डलमा कुहिरो झैं फैलिएको धुलोको कणलाई वर्षाले पखालेको हो । राजस्थान आसपासबाट धुलो मिश्रित प्रदुषित बादल नेपाल भित्रिँदा फरक प्रकृतिको वर्षा भए पनि जनस्वास्थ्यलाई ठूलो असर भने नपुर्याउने विभागको भनाइछ ।
विभागका महानिर्देशक डा। ऋषिराम शर्माका अनुसार वायुमण्डलमा गाडी र औद्योगिक कलकारखानाबाट निस्किने प्रदुषणको मात्रा उच्च भएका बेला वर्षा भयो भने त्यसले स्वास्थ्य र वोट विरुवालाई असर पुर्याउन सक्छ, क्यान्सर समेत हुन सक्छ, तर अहिलेको वर्षा त्यस्तो विषाक्त भने होइन ।
हिलो मिश्रित धमिलो वर्षाको प्रभाव मुलुकको कुन भेगमा कस्तो रह्यो भन्नेबारेमा विभाग अनविज्ञ छ । विभाग मातहतका वर्षा मापन स्टेसनले पानीको मात्रा मात्रै मापन गर्ने भएकाले त्यस्तो सूचना अद्यावधिक कठिनाई भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिलाम्ये वर्षाको प्रभाव नेपालमा मात्रै होइन, पाकिस्तानका अधिकांश भेग र बंगलादेशमा परेको छ । भारतको गुजरात, राजस्थान, दिल्ली, पञ्जाव, हरियाणामा प्रत्यक्ष देखिएको छ भने भारतकै उत्तर प्रदेश, उत्तराखण्ड र हिमाञ्चलमा समेत परेको बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...