प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किएका हुन् । ओलीसँगै पत्नी राधिका शाक्य पनि चीन प्रस्थान गरेकी छिन् ।
प्रधानमन्त्री ओलीले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरूमा दुई देशबीच सम्झौता पनि हुनेछ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा मन्त्रिमण्डलका ४ जना प्रभावशाली मन्त्रीसहित १ सय १९ सदस्यीय प्रतिनिधीमण्डल छ । चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली दोस्रो पटक चीनको भ्रमणमा निस्किएका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको चार महिना पछि बेईजिङ उडेका ओलीले भोली बुधवारदेखि महत्वपुर्ण राजनीतिक भेटवार्ता सुरु गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिनपिङबीच स्थानीय समयानुसार भोली अपरान्ह ४ बजे राजनितिक भेटवार्ता हुनेछ । ग्रेट हल अफ द पिपुलमा झण्डै ४५ मिनेटको छलफल हुने बताईएको छ । समकक्षी ली र ओलीबीचको छलफल भने बिहीबार हुनेछ । लीसँग बिहीबार अपरान्ह ५ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लगत्तै प्रधानमन्त्री ओली चिनियाँ जनमुक्ति सेनाले प्रदान गर्ने गार्ड अफ अनरमा सहभागी हुनुहुनेछ । त्यसपछि दुबै देशका प्रतिनिधिमण्डलबीच १ घण्टा औपचारिक वार्ता हुनेछ । ओली नेतृत्वको टोली आईतबार काठमाडौं फर्कने छ ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...