प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा नेपाल–भारत दुई पक्षीय हितका विषयमा छलफल हुने बताइन्छ ।
बेइजिङस्थित नेपाली दूतावासले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटकको भ्रमण अघिल्लो प्रधानमन्त्रीकालमा चीनसँग भएका सहमतिरसम्झौताहरूको कार्यान्वयन अघि बढाउनेतर्फ केन्द्रित हुने बताउनु भएको थियो ।
६ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनको राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुई र चीनस्थित नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित क्यापिटल अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
आफ्ना चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले दूतावासको कार्यक्रममा नेपाल र चीनको सबन्धबारे चर्चा गर्दै आफूहरू एक चीन नीतिमा स्पष्ट रहेको प्रस्ट पार्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले सडक, रेललगायत कनेक्टिभिटीका विषयका अलावा पर्यटनको विकास, त्यसमा दुई देशले लिन सक्ने लाभ, कृषि, उद्योग, प्रविधि आदि विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताउनु भएको छ ।