महेन्द्रको आँखामा रीमा र मिलन (भिडियो)

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– लोकप्रिय गायक महेन्द्र रायमाझी एउटा रोमान्टिक गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ प्रस्तुत भएक छन् । रेडियो नेपालमा अंग्रेजी समाचारवाचन समेत गर्ने यी गायकको स्वरमा रेकर्ड भएको ‘हेर यी आँखामा…’ गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई संगीतकार शंकर थापा स्माइलले संगीतबद्ध गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।
युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।
भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन । उक्त गीतको अडियो तथा भिडियोलाई डश म्युजिक प्रालिले प्रस्तुत गरेको हो ।

यस्तो छ भिडियो