कांग्रेसको विधान संशोधनपछि मात्र संसदीय दल निर्वाचन हुने
नेपाली कांग्रेसले संसदीय दलको विधान संशोधनपछि मात्र दलको नेतृत्व चयन प्रक्रिया अघि बढाउने भएको छ। नयाँ संविधानको व्यवस्था अनुसार दलको विधान संशोधनपछि मात्र संसदीय दलको नेतृत्व चयन गर्नु पर्ने नेता रामचन्द्र पौडेल पक्षको अडानपछि सभापति शेरबहादुर देउवाले विधान संशोधन प्रक्रिया अघि बढाउन पौडेल पक्षले दवाव दिएको भोलिपल्ट सभापति देउवाले मंगलबार दिउँसो नेता पौडेललाई टेलिफोन गरी विधान संशोधन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका छन्। नयाँ संविधानको व्यवस्था अनुसार संसदीय दलको विधान संशेधन गर्न आफु तयार रहेको बताउँदै सभापति देउवाले विधान संशोधन गरेर दलको नेता चयन गनै पौडेललाई आग्रह गरेका छन्। विधानमा रहेको विकास क्षेत्रको प्रावधानलाई प्रदेशमा ढाल्ने, सामावेसी सिटलाई अपडेट गर्नुको साथै विधानमा रहेका अन्य विषयलाई संशोधन गरेर अघि बढ्न आफु तयार रहेको जानकारी गराएका थिए। देउवाले केन्द्रीय समिति बैठक र विधान संशोधन प्रस्तावका विषयमा छलफल आवश्यक रहेको भन्दै पौडेललाई आफ्नो निवास आउन आग्रह गरेका थिए। आफु अर्को कार्यक्रममा जानु पर्ने भन्दै आउन नसक्ने जवाफ दिएपछि सभापति देउवाले छलफलका लागि बुधबार निकट नेताहरुलाई उनकै निवास पठाउने भएका छन्।
पौडेलले संविधान कार्यान्वयनको नेतृत्व लिनु पर्ने कांग्रेसले त्यस विपरित रहेको विधान अनुसार दलको नेता तथा कार्यसमिति चयन गर्न नहुने आफहरुको धारणा रहेको बताएका थिए। विधान संशोधन गरेर तत्काल दलको नेता तथा कार्यसमिति चयन प्रक्रिया अघि बढाउन आफु सकारात्मक रहेको सभापतिलाई आश्वासन दिएका थिए ।
रमेश रिजालको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले चैत २४ गते दलको नेता चयन गर्ने र २३ गते मनोनयन दर्ता गर्ने र कार्यसमितिको निर्वाचन २६ गते गर्ने कार्यतालीका सार्वजनीक गरेको छ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...