अन्तराष्ट्रिय बिद्यार्थीको नेतृत्वमा दोश्रो पटक विजय सापकोटा 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियामा अध्ययनरत विदेशी बिद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अष्ट्रेलिया (सिसा) को अध्यक्षमा दोश्रो पटक नेपाली युवा विजय सापकोटा चयन भएका छन् । क्युन्सल्याण्डको केन्समा जुन २७ मा सम्पन्न अधिबेशनले सापकोटालाई सर्वसम्मत पुन अध्यक्षमा चुनेको सम्मेलन स्थलबाट म्याक्स बाबुले जानकारी दिएका छन्।    ‘ओभर कमिङ ब्यारियर’ भन्ने संदेशका साथ ३ दिन सम्म चलेको उक्त सम्मेलनमा ८० भन्दा धेरै भिन्न देशका बिधार्थी प्रतिनिधिहरु र सरकारी निकायहरुले सहभागिता जनाएका थिए।
सिसा अस्ट्रेलियामा अध्यानरत असि भन्दा धेरै देशका ६ लाख भन्दा धेरै बिधार्थीको साझा संस्स्था हो जसमा  प्रत्येक बर्ष नयाँ  नेतृत्व चुनिने गर्दछ जस अनुसार अघिल्लो एक कार्यकाल बिजय सापकोटाले सफलताका साथ सम्पन्न गरिसकेका थिए।  संस्थाको अन्य पदका लागि उपाधक्ष्यमा दुबई, सचिवमा कोलम्बिया, कोषाधक्ष्य र पब्लिक रिलेसन अफिसरमा भारत तथा वेलफेयर अफिसरमा श्रीलंकाले नेतृत्व पाएको  जनाईएको छ छ ।
सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा इन्जिनियरिङ्ग बिषय अध्ययन गरिरहेका सापकोटाले अष्ट्रेलियामा अध्ययनरत् सम्पुर्ण बिदेशी बिद्यार्थीहरुको नेतृत्व दोस्रो पटक गर्न पाउदा आफुलाइ गर्वको महसुश भएको बताए। यसले अष्ट्रेलियामा नेपाल चिनाउन,  बहुसांस्कृतिक र बहुआयामिक यहाँको सामजमा आफ्नो प्रतिनिधित्वले नेपाल र नेपाली चिनाउन समेत मद्दत पुग्ने कुरामा आफु विश्वास्त रहेको पनि सापकोटाले बताए।  यस संस्थाले अष्ट्रेलियन सारकरका बिभिन्न निकाय संग बिधार्थी सरोकारको बिषयमा समन्वय गर्ने गर्दछ।