अष्ट्रेलियाकी नेपाली गायिका स्वरुप आशाको ‘नहुने’ सार्वजनिक

काठमाडौं– अष्ट्रेलियामा बसोबास गरिरहेकी गायिका स्वरुपा आशा आफ्नो नयाँ आधुनिक गीत ‘नहुने केही छैन…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । गायिका आशाले वरिष्ट संगीतकार रञ्जित गजमेरको संगीत निर्देशनमा उक्त गीत गाउने मौका पाएकी हुन् ।
नेपाली चलचित्रका लोकप्रिय संगीतकार रञ्जित गजमेर पनि गायिका स्वरुपा आशाको यही गीतमार्फत लामो समयपछि स्रोतामाझ आएका हुन् । मुम्बईमा रहेर संगीत कर्ममा सक्रिय रहेका गमजेर खासगरी नेपाली चलचित्रका सिद्धहस्त संगीतकार हुन् । उनले संगीतबद्ध गरेका सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो आदि चलचित्रका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
कुशुम गजमेरको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिका स्वरुपा आशा आफैं प्रस्तुत भएकी छिन् । मौलिक नेपाली पहिरनमा सजिएर आकर्षक नृत्य गरेकी गायिकालाई बनेपा डान्स क्रिउले नृत्यमा साथ दिएका छन् ।
विदुर पाण्डेको छायांकनमा तयार पारिएको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । म्युजिक नेपालको यूट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
यस्तो छ नहुनेको म्युजिक भिडियो
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...