अष्ट्रेलियाकी नेपाली गायिका स्वरुप आशाको ‘नहुने’ सार्वजनिक

काठमाडौं– अष्ट्रेलियामा बसोबास गरिरहेकी गायिका स्वरुपा आशा आफ्नो नयाँ आधुनिक गीत ‘नहुने केही छैन…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । गायिका आशाले वरिष्ट संगीतकार रञ्जित गजमेरको संगीत निर्देशनमा उक्त गीत गाउने मौका पाएकी हुन् ।
नेपाली चलचित्रका लोकप्रिय संगीतकार रञ्जित गजमेर पनि गायिका स्वरुपा आशाको यही गीतमार्फत लामो समयपछि स्रोतामाझ आएका हुन् । मुम्बईमा रहेर संगीत कर्ममा सक्रिय रहेका गमजेर खासगरी नेपाली चलचित्रका सिद्धहस्त संगीतकार हुन् । उनले संगीतबद्ध गरेका सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो आदि चलचित्रका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
कुशुम गजमेरको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिका स्वरुपा आशा आफैं प्रस्तुत भएकी छिन् । मौलिक नेपाली पहिरनमा सजिएर आकर्षक नृत्य गरेकी गायिकालाई बनेपा डान्स क्रिउले नृत्यमा साथ दिएका छन् ।
विदुर पाण्डेको छायांकनमा तयार पारिएको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । म्युजिक नेपालको यूट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
यस्तो छ नहुनेको म्युजिक भिडियो

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...