भिषण वर्षाले काठमाडौंको जनजीवन प्रभावित

काठमाडौं– दुई दिन देखिको अबिरल वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण माटोको ढिस्को खस्दा भक्तपुरमा एकै घरका तीन जनाको समेत मृत्यु भएको छ ।
भक्तपुर जिल्लाको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन् ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण डुबान भएपछि भक्तपुर क्षेत्रमा सवारी चाप बढेको छ ।
हनुमन्ते खोलाको बाढी पसेका कारण भक्तपुरको सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका छन् । सडक डुबेका कारण राधेराधेबाट जगातीतर्फ चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्य तर्फ पठाइएको छ ।
यसैगरि बर्षाका कारण कोटेश्वर–भक्तपुर सडकमा चल्ने गाडीहरुलाई प्सीकोलाबाट डाइभर्सन गरिएको छ । उक्त गाडीहरुलाई पेप्सिकोला, पुरानो ठिमी हुँदै सल्लाघारीतर्फ पठाइएको छ । साना सवारी साधनहरुलाई भने गठ्ठाघरबाट डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...