सिड्नीमा २०५औं भानु जयन्ती विविध कार्यक्रम सहित सम्पन्न
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले बिगतका बर्षहरुमा जस्तै यस पटक पनि २०५ औ भानु जयन्ति विविध साहित्यक कार्यक्रम सहित मानाएको छ । प्रतिष्ठानकी सुजाता केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सिड्नीको होलराईड सेन्टर मेरील्याण्डसमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका लागि नेपालकी राजदुत लक्कि शेर्पा, बिषेश अतिथि एनएसडब्लु महाबाणिज्यदूत दीपक खड्का, सांसद जुली फिन हुनुहुन्थ्यो।
हामी नेपाली, हाम्रो नेपाल भन्ने सन्देश सहित प्रतिष्ठानको १० औ बार्षिक उत्सब समेत मानाइएको उक्त साहित्यक कार्यक्रममा डेढ दर्जन साहित्यकारहरुले आफ्ना बिबिध रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा अष्ट्रेलियामा रहेर बिबिध तबरबाट कला साहित्यमा बिशेष योगदान दिइरहेका सानु घिमिरे, दिल तामाङ, बिभू सापकोटा र सचेष्ठा श्रेष्ठ लगायतका बिबिध प्रतिभाहरु लाई सम्मान गरिएको थियो । सोहि अवसर परेर प्रतिष्ठानले संचालन गर्दै आइरहेको रिडर्स क्लब र नृत्य कक्षा संचालन गर्न बिशेष सहयोग गर्ने संस्थाका सदश्यहरुलाई समेत सम्मान गरिएको थियो भने रिजेन्टस् पार्कमा संचालन गर्दै आएको नृत्य कक्षाको औपचारी उद्घाटन गरीएको थियो ।

कार्यक्रममा बोल्दै महामहिम राजदुत लक्कि शेर्पाले बिदेशी भूमीमा नेपाली कला संस्कृति र साहित्यलाई जिबन्त राख्न प्रतिष्ठानले खेलेको भूमिकाको प्रंशसा गर्दै राजदुताबासको यस्ता कार्यक्रमहरुमा सधै रचानात्मक सहयोग रहने बताइन। कार्यक्रममा बालबालिकाहरुले बिबिध नृत्य लगाएतका बिबिध प्रस्तुतिहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा बक्ताहरुले आदिकबि भानु भक्तको स्मरण गर्दै प्रतिष्ठानको रचानात्मक कार्यको प्रसंसा गरेका थिए।

सुमन सिग्देल र जिना केसीले संचालन गरेको उक्त कार्यक्रममा प्रतिष्ठानकी पूर्व अध्यक्ष जानकी पौडेलको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सभापनि एबम प्रतिष्ठानकी अध्यक्ष सुजाता केसीले संस्थाको निमन्त्रणा स्वीकार गरि कार्यक्रममा सहभागिता जनाउने सबै प्रति कृतज्ञता ब्यक्त गर्दै संस्था नेपाली कला साहित्यको जगेर्ना गर्न सदैब अगाडी रहेने बताउनु भयो । समरण रहोस यस कार्यक्रमका लागि पहिलो पटक अष्ट्रेलियन सरकारबाट समेत आर्थिक सहयोग उपलब्ध भएको संस्थाले जनाएको छ । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका प्रतिनिधि बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र बाक्लो संख्यामा कला साहित्यप्रेमीहरु को उपस्थिति थियो।
