सरकार र डा.केसी पक्षबीच दोस्रो वार्ता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनशनरत डा। गोविन्द केसी पक्ष र सरकारबीच आज मंगलबार पुनः दोस्रो चरणको वार्ता सुरु भएको छ ।
शिक्षा मन्त्रालय सिंहदरबारमा जारी वर्तामा डा। केसीका माग सम्बोधन गर्न गठित सरकारी समिति र केसी पक्षबीच हिजो भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः दोस्रो चरणको वार्ता आयोजना गरिएको हो ।
पहिले केसीको अनशन तोडाएर मात्रै मागबारे छलफलमा जाने सरकार पक्षको जोड र संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता गराएपछि मात्रै अन्य विषयवस्तुमा प्रवेश गर्ने केसी पक्षको अडानका कारण वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
डा.केसी पक्षले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ताको माग गरेको छ । आजको वार्तामा पनि यिनै विषयमा सहमति खोजिने छ ।