३६औं स्मृति दिवसमा बिपीलाई सम्झदै जनसम्पर्क समिति अष्ट्रेलिया 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

जनसम्पर्क समिति अष्ट्रेलियाले ३६औ बिपी स्मृति दिवसका अवसरमा सिड्नीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  गत जुलाई २२ आइतबारका दिन सिड्नीको क्यनटाबरिमा आयोजित उक्त कार्यक्रममा नेपली कांग्रेस खोटांगबाट गत निर्वाचमा प्रितिनिधि सभाकी प्रत्यासी सरस्वति बजिमयको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो।

जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यबाहक अध्यक्ष छिरिंग तेन्जी लामाको अध्यक्ष्तामा आयोजित उक्त स्मृति सभामा एनआरएनए अष्ट्रेलियाका प्रितिनिधिहरु, अन्य सामूदायिक संस्थाका प्रतिनिधिहरु, भिन्न राजनीतिक दलका भातृ संघका प्रतिनिधिहरु तथा संचारकर्मीहरु तथा जनसम्पर्क समिति प्रति आस्थावान सदस्यहरुको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा बक्ताहरु ले बिपी नेपाली कांग्रेस र केवल नेपालको मात्र नेता नभई समग्र एशिया कै एउटा शिखर व्यक्तित्व भएको र उनको आदर्श र राजनैतिक विचार आज पनि उत्तिकै महत्वपुर्ण भएको बताए ।  मन्तब्य दिने क्रममा लोकतन्त्र, राष्ट्रियता  र समाजवादका अतिरिक्त नेपाली साहित्यमा पनि अहं भूमिका निभाएका बिपी एक समकालीन बहुआयामिक नेता भएको विचार ब्यक्त गरे।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी विश्वामित्र खनाल द्वारा संचालित उक्त कार्यक्रममा संस्थाका महामन्त्री सितल गिरिले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।  कार्यक्रममा बिभिन्न संघ संस्था, मिडियाको प्रतिनिधित्व गर्दै रामजी बस्नेत, दिपक गौतम, भिष्म भण्डारी, प्रकाश खरेल, दिपक चुडाल, महेन्द्र लम्साल, मनऋशि धिताल, डिला खरेल, दिनेश पोख्रेल, नन्दु गुरुङ, डिल्ली बन्जाडे, डाक्टर मित्र परियार, कन्चन पोख्रेल, अरुण ठाकुर, गणेश तामांग, रमेश पाण्डे लगाएतका बक्ताहरुले बिपीका बहुआयमीक व्यक्तित्व र आज पनि यसको सान्दर्भिकताका बारेमा आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रम समापनका अवसरमा बोल्दै जनसम्पर्क समितिका कार्यबाहक अध्यक्ष छिरिंग तेन्जी लामाले लोकतन्त्र आए पनि कानूनी राज्यको आधारभूत मूल्य र मान्यात स्थापित हुन नसके सम्म यसको अनुभुति जनस्तरमा हुन नसक्ने बताए ।  संबिधानको प्रस्तावनामा लिखित “समाजवाद उन्मुख समाज” को परिकल्पना भनेकोले नयाँ नेपाल बिपीको परिकल्पना अनुसार नै अघि बढ्ने आशा ब्यक्त गर्दै उपस्थित सबैलाइ धन्यबाद ज्ञापन गरे।