ग्रयानभील नेप्लीज कम्युनीटीको साधारणसभा सम्पन्न

रमेश थापाको  अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलिया सिड्नीको  ग्रयानभील र यसको वरपर बसोबास गर्ने नेपालीहरुको साझा संस्था  ग्रयानभील नेप्लीज कम्युनीटीको हालै बार्षिक साधारण सभा सम्पन्न भएको छ।  सभाले आगामी कार्यकालको लागि रमेश थापाको अध्यक्षतामा नयाँ कार्यसमितिको पनि  गठन  गरेको छ। कार्यसमितिका अन्य पदाधिकारीहरु मा  उपाध्यक्ष – भिम बस्नेत, सचिव- सौगात भट्टराई ,कोषाध्यक्ष- जीवन जोशी र कार्यक्रम सँयोजक- नविन राना निर्बिरोध चयन भएका छन्  ।  यसै गरि कार्यसमितिको साँस्कृतिक सँयोजक- भीमसेन गुरुङ्ग र कार्यसमिति सदस्यहरुमा दुर्गा डँगोल, पुनम लामीछाने, नारायण बहादुर थापा,नविना श्रेष्ठ , राम रूवाली चयन भएका छन् ।
यसै गरि साधारण सभाले  ग्रयानभील अभिभाबकको समितिको तर्फ बाट पदेन सदस्यको रुपमा शुबलाल श्रेष्ठलाई मनोनित गरेको छ।  नेपाली कला संस्कृतिको जगेर्ना गर्दै  हाम्रा बिबिध चाडबाडहरु लाई सामुहिक रुपमा मनाउदै आएको  ग्रयानभील नेप्लीज कम्युनीटीको साधारणसभा सम्पन्न भए लगतै निबर्तमान  अध्यक्ष राम रुवाली लगाएत निबर्तमान कमिटिले नबनिर्बाचित कमिटिलाई कार्यभार हस्तान्तरण गरि सकेको छ।