विपी स्मृति दिवस मनाउदै जनसम्पर्क समिति साउथ अष्ट्रेलियामा नयाँ नेतृत्व चयन 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
३६औँ विपी स्मृति दिवसको अवसर परेर, नेपाली कांग्रेसका स्वर्गिय नेता विशेश्वर प्रसाद कोइरालाला सम्झदै  जनसम्पर्क समिति साउथ अष्ट्रेलियाले अर्जुन लम्सालको  अध्यक्षतामा आफ्नो नयाँ नेतृत्व चयन गरेको छ ।  जनसम्पर्क समिति साउथ अष्ट्रेलिया अधिवेशन तयारी समितिका संयोजक नविन कंडेलको सभापतित्वमा एडिलेडको ग्ल्याण्डोर कम्युनिटि सेन्टरमा  सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल महिला संघकी सँस्थापक सचिव देवकी राजउपाध्याय रहनुभएको थियो । कार्यक्रममा बोल्दै राजउपाध्यायले विपी कोइरालासँग विताएको राजनीतिक जिवनको स्मरण गर्दै ननब गठित  कार्य समितिलाई बधाइ तथा शुभकामना दिनुभएको थियो । सुरेन रेग्मीले संचालन गर्नुभएको कार्यक्रममा रवीन्द्र गौतमले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।  विशेष अतिथी नेपाल महिला संघकी केन्द्रीय सदस्य कविता इटनीसंगै, एनआरएनए आइसिसी सदस्य गोकुल घिमिरे, एनआरएनए पूर्व ओसियना उपसंयोजक रमेश जोशी, प्रविन गुरागाई, महेश गौतम, कमल सुवेदी लगाएतले स्वर्गिय विशेश्वर प्रसाद कोइरालाला सम्झदै  मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अर्जुन लम्सालको अध्यक्षतामा सर्बसम्मत चयन भएको नौ सदस्यीय समितिका अन्य सदस्यहरुमा प्रेम पाठक, भुवन सापकोटा, आशिष बराल, लक्ष्मी सापकोटा, देवेन्द्र खरेल, पुरुषोत्तम अधिकारी, विष्णु पौडेल र बिराट घिमिरे रहनुभएको छ । अधिबेशन तयारी समितिको तर्फबाट नबिन कडेलका अनुसार कमिटीका सदस्यहरुको कार्यविभाजन नयाँ समितिको वैठकबाट दुइ हप्ताभित्र गरिनेछ।