तनहुँ समाज अष्ट्रेलियामा नयाँ नेतृत्व

दिनेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

नेपालको तनहुँ जिल्लाबाट अष्ट्रेलिया आई बिभिन्न पेशा, ब्यबसाय र अध्यानमा रहेका नेपालीहरुको साझा संस्था तनहुँ समाज अष्ट्रेलियाले दिनेश खनालको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ।
कार्यसमितिका अन्य पदाधिकारीहरु मा उपाध्यक्ष मेघराज पौडेल र सुदिप ढकाल महासचिब सूर्य खनाल, सचिव सागर लोहनी र कोषाध्यक्ष महेन्द्र घिमिरे चुनिएका छन् । यसै गरि समाजको जन सम्पर्क अधिकृतमा सरोज भट्टराई , सदस्यहरुमा नबिन राना, कमल ढकाल, दामोदर अधिकारी, संदेश राजभण्डारी र विकास भुजेल रहेका छन् । नबनिर्बाचित कार्यसमितिलाई निबर्तमान कार्यसमितिले एक कार्यक्रम बीच कार्यभार हस्तान्तरण गरि सकेको पनि नब निर्बाचित महासचिब सुर्य खनालले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए।