कानुन मन्त्री तामाङले दिए राजीनामा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पत्रकार सम्मेलनमार्फत आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमै मन्त्री तामाङ रोएका थिए । श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका मन्त्री तामाङले प्रारम्भमा आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए । त्यसपछि उनी भावुक बनेका थिए । उनका आँखा रसाएका थिए ।
मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा तामाङदृ जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै दुःख व्यक्त गरे । पत्रकार सम्मेलनमा मन्त्री तामाङले आफुले नेपाली नारीहरुप्रति सम्मान गरेको, कोही पनि नारीमाथि हिंसा हुनु हुन्न भन्ने मान्यता राखने धारणा व्यक्ति गरे । महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनको गुनासो रह्यो ।
नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न तामाङले केही दिनअघि मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए । विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । यद्यपि आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...