सरकार र डा.केसी पक्षको वार्ता निष्कर्षविहिन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– बुधवार भएको सरकार र डा. केसी पक्षको वार्ता निष्कर्षविहिन भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा औपचारिक वार्ताको दोस्रो दिन पनि सहमति जुट्न नसकेको हो ।
बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यद्यपि, सत्तारुढ नेकपाका नेताहरुले सहमति नजिक भने पनि सरकार र डा। गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको हो ।
मंगलबार साँझ भएको वार्तामा डा। केसीका अन्य मागहरुमा दुबै पक्ष सहमति नजिक पुगेका समाचारहरु प्रकाशित भएका थिए ।