नेपाली डाक्टरहरु बाट मेडिकल सेन्टर संचालनमा 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियाको सिड्नीमा रहेर  चिकित्सकको रुपमा कार्यरत  डा. प्रविण पाठक , डा. सुरेन्द्र खनालले हालै सिड्नीको  मेरिल्यान्ड्समा “रेल्वे टेरेस मेडिकल प्राक्टिस” नामको मेडिकल सेन्टर संचालनमा ल्याएका छन्।  मेडिकल सेन्टरको  अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले एक कार्यक्रम बीच उद्घाटन गरेकी थीइन। उद्घाटन कार्यक्रममा  न्यू साउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, अष्ट्रेलियामा कार्यरत नेपाली मुलका डाक्टरहरु, नेपाली समुदायका सदस्यहरुको ठुलो संख्यामा उपस्थिति थियो ।  मेडिकल सेन्टरमा जनरल पर्क्टिसनर (GP) सेवाका अलावा बिस्तारै अन्य बिशेषज्ञ सेवाहरु पनि उपलब्ध गर्दै लगिने योजना रहेको संचालक डा. प्रविण पाठकले बताए।  डा पाठकका अनुसार मेडिकल सेन्टरले छिट्टै नेपाली विद्यार्थीहरू लाई स्वास्थ्य बीमा मार्फत् नै सेवा दिने गरि कार्य अगाडी बढाई रहेको बताए।
पब्लिक ट्रान्सपोर्टबाट नजिकै एबम पार्किंगका लागि सहज यस क्लिनिकमा नेपाली सेवाग्राहीका लागि निर्धक्क आउन र आफुलाई परेको स्वस्थ समस्याका लागि उपचार गर्नको लागि पनि कुनै भषा या प्रकृयागत झन्झट नहोस भन्नेमा आफुहरु उपलब्ध हुने पनि अर्का संचालक  डा. सुरेन्द्र खनालले बताए।