सेन्ट जोर्ज नेप्लिज क्लबको साधारण सभा सम्पन्न 

सुमन कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सेन्ट जोर्ज एरियामा रहेका नेपालीहरु को संस्था सेन्ट जर्ज नेप्लिज क्लवको गत जुलाई २९ मा रकडेलमा बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाले सुमन कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको छ । कर्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तथा जन सम्पर्क अधिकृतमा विरेन्द्र श्रेष्ठ, महसचिवमा पदम जोशी, सचिवमा सुमन भट्टराई, कोषाध्यक्षमा रमेश मानन्धर, टिम म्यानेजर टोम थापा, म्याच डे  कोअर्डिनेटरमा हरी पुन, खेलकुद संयोजकमा उमेश कटुवाल, एसेट मेनेजरमा शोनम शेर्पा, इभेन्ट मेनेजरमा गोपाल रन्जित, महिला संयोजकमा रिचा बास्कोटा चयन भएका छन् । यस्तै क्लवले ब्यवस्थापन समिति (बोर्ड) को पनि चयन गरेको छ । ब्यवस्थापन समितिका सदस्यहरुमा चुरामणि बेलवासे, हरी लामिछाने, बिष्णु निउरे, नारायण खनाल र रामचन्द्र सापकोटा रहेका छन् । संस्थाले यस क्षेत्रमा रहेका नेपालीहरु बिच युवा, बालबालिका र भेट्रान गरि बिबिध खेल अभ्यास र प्रतियोगिताहरु गर्दै आइरहेको छ।