तामाङ सोसाइटी एनएसडब्लुको साधारण सभा सम्पन्न 

सुन दोर्जे तामाङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
प्रबासमा तामाङ एकता, कला सस्कृति,भेषभुषा, भाषा र रहन-सहन आदिको संबर्धन र प्रबर्धन एबम जगेर्ना गर्ने उदेश्यले स्थापति  तामाङ सोसाइटी एनएसडब्लुले हालै  आफ्नो १० औं  साधारण सभा सम्पन्न गरेको छ।  साधारण सभाले सुन दोर्जे  तामाङको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्य समितिको समेत चयन गरेको छ। कार्यसमितिका अन्य पदाधिकारीमा उपाध्यक्षमा सरस्वती तामाङ, किशोर तामाङ र अनिल तामाङ, महासचिवमा अविरल तामाङ, सचिवमा विशाल तामाङ, कोषाध्यक्षमा अनिल तामाङ ‘लो’, सह-कोषाध्यक्षमा प्रवीण तामाङ, सांस्कृतिक संयोजकमा कमल तामाङ र रश्मि तामाङ र युवा संयोजकमा योजन्जी तामाङ सर्बसम्मत चुनिनु भएको छ।
समुदायका बिभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सिड्नीको अबर्नमा सम्पन्न उक्त साधारण सभा संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका वरिष्ठ सल्लाहकार अरुण तामाङको प्रमुख संयोजनमा सम्पन्न भएको थियो।