अस्ट्रेलियामा २४औ आदिबासी दिबस मनाइदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सधैका बर्षहरुमा  जस्तै यो वर्ष पनि नेपाल आदिबासी जनजाति मंच अस्ट्रेलियाले गारो कम्युनिटी संग संयुक्त रुपमा र जम्मा एसोसियसन संगको सहकार्यमा २४औं अन्तराष्ट्रिय बिश्व आदिबासी दिवस बिबिध कार्यक्रम सहित मनाउदै छ ।
लाइभ कल्चरल गित र नृत्य, परम्परागत खाना सहित बिभिन्न जनजातीहरुको संस्कृतिक रहन सहन झल्कने उक्त कार्यक्रम अस्ट्रेलियाको केन्द्रिय संसदमा आदिबासीबाट प्रतिनिधत्व गर्ने पहिलो फेडरल संसद एबं हुमन रिसोर्स छायाँ मन्त्री लिन्डा ब्रुनो उपस्थित रहने पनि  आदिबासी जनजाति मंच अस्ट्रेलियाका सचिब लिल गुरुङ्गले जनाकारी गराएका छन्।  गुरुङ्गले निशुल्क प्रवेश रहेको यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिद्दै  कार्यक्रममा उपस्थिति भाई कार्यक्रम प्रति एक्यबद्दता जनाइदिनुहुन सबै दाजु भाई दिदि बहिनिहरुलाई आयोजक तर्फबाट हार्दिक अनुरोध गरेका छन्। कार्यक्रम ११ आगष्टका दिन दिउसो ४.३० बाट पिटरशाम टाउन हलमा हुदैछ।