देशैभरीका इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

काठमाडौं– देशभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्ट र नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले देशभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गरेका हुन् ।
बालश्रम अन्त्यको घोषणालाई प्रभावकारी बनाउन श्रम कार्यालयमार्फत अनुगमन गरिने मन्त्री विष्टले बताए । कार्यक्रममा देशभरका इँटा व्यवसायीका प्रतिनिधिले आजैका दिनदेखि आफ्नो उद्योगमा बालश्रम उन्मुलन भएको घोषणा गरेका थिए ।
मन्त्री विष्टले इँटा उद्योगमा बालश्रमको अन्त्य भएको यस घोषणासँगै अब अन्य जोखिमयुक्त क्षेत्रमा रहेको बालश्रम पनि उन्मूलन गरिने बताए। उनले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष्टिले कलंक रहेको बताउँदै २०८५ सालसम्म हरेक क्षेत्रको बालश्रम अन्त्य गर्न व्यवस्थित कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताए ।
मन्त्री विष्टले बालश्रममा रहेका बालबालिकालाई पुनःस्थापना गरी विद्यालयसम्म पुर्याउन पनि सरकार गम्भीर रहेको बताए । अभिभावकसँगै कार्यस्थलमा आउने बालबालिकाको व्यवस्थापन गरी उनीहरुलाई विद्यालयको पुहँचमा पुर्याउन विशेष ध्यान दिइने उनले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा श्रम सचिव महेशप्रसाद दाहालले सबै प्रकारका बालश्रम निवारण गरी देशलाई बालश्रमरहित बनाउने उद्देश्यसहित बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५ लागू गरिएको जानकारी दिए ।
दाहालका अनुसार, चालू आर्थिक वर्षभित्र २५ नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिने र होटल, कलकारखाना, इँटाभट्टा लगायत क्षेत्रबाट बालश्रमिकको खोजी गरी जोखिममा परेका बालबालिकालाई पुनःस्थापना गरिने बताए ।
इँटा उद्योग महासंघका अध्यक्ष चित्रकारले बालश्रमिकको प्रयोग हुँदा उद्योगको छवि नै बिग्रने भएकाले इँटा उद्योगमा बालश्रमिकको प्रयोगलाई न्यूनीकरण गर्न जरुरी रहेकोमा जोड दिए ।
हाल देशभर करिब एक हजार एक सय इँटा उद्योग सञ्चालनमा छन् भने तीमध्ये काठमाडौं उपत्यकाभित्र एक सय १० उद्योग छन् । सबै उद्योगमा गरी करिब तीन लाख मजदुर कार्यरत रहेको बताइएको छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...