रामकृष्ण निरौलाको फरकपनको सांगेतिक कोसेली सार्बजनिक
( भिडियो सहित )
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियालाई कर्मभूमि रोजेका डा. राम कृष्ण निरौला, नेपाली गीत संगीत र साहित्यलाई औघी माया गर्ने व्यक्तित्व हुन् । पेशाले अनुसन्धानकर्ता बैज्ञानिक डा. निरौला अष्ट्रेलियामा हुने प्राय संस्कृतिक र साहित्यिक कार्यक्रममा सधै भेटिन्छन । लेखन, संगीत र गायन सबै क्षेत्रमा आफुलाई सकृय उपस्थित गराइरहेका निरौलाले हालै बिल्कुलै फरक शैलीको गीत म्युजिक भिडियोको रुपमा सार्बजनिक गरेका छन् ।
इतिहास रोचक मात्र होइन उत्सुकताले समेत भरिएको हुन्छ । त्यस्तै इतिहासको कुनै कालखण्डको परिघटनालाई चटक्क टिपेर राखे जस्तो यो सांगेतिक कोसेली बिल्कुलै फरक ढंगले सुरु हुन्छ, आहिलेको बयस्कहरु ले कमै सुनेको रेडियो नेपालको समचारअगाडीको त्यो मिठो धुनले नै धेरैलाई ३५/४० बर्ष आगाडीको त्यो सम्झनामा पुराउँछ जति बेला गित, संगीत र मनोरन्जनको सहज मध्यम रेडियो नेपाल नै थियो । फ्याट्टफुट्ट देखिने टेलिभिजनहरु समेत बाल्यक एण्ड व्हाइट थिए । तत्कालिन समयमा घोडा हुनु भनेको सम्मपन्नताको प्रतिक थियो, भने काजी भनेर पाईने मान-सम्मानको आफ्नै महत्व थियो।
पुरै बाल्यक एण्ड व्हाइट प्रिन्टको रुपमा सार्बजनिक गरिएको यस ‘काजीको घोंडा’ बोलको गीतको म्युजिक भिडियोमा प्रयोग भएका शब्दहरु ‘बतासै चल्यो, पसिना सुक्यो, जाउँ भयो अबेला, काजीको घोंडा दौडेर गयो, रित्तो छ तबेला ‘ तत्कालिन सामाजिक परिवेशलाई झल्काउने खालको छ । अझ यसलाई जिबन्त दिन भीमफेदी गाइजको समूह र अहिलेको पुस्तामा प्रिय नायिका स्वस्तिमा खड्का पूर्ण रुपमा सफल छन् । डा. रामकृष्ण निरौलाको स्वरको यो गीतका शब्दहरु भुवन शिवाकोटीको हुने भने यस गीतलाई रामचन्द्र थापाले संगीतबद्ध गरेका हुन् । विकास सुबेदीले निर्देशन गरेको यस म्युजिक भिडियोमा जुना सुन्दास र संजु शाहको पनि छोटो भूमिका रहेको छ । यो गीतलाई डश म्युजिकले सार्बजनिक गरेको छ ।
बढी पहिरोको खबर जब रेडियो नेपालमा बज्छ, रेडियो नेपाल कै समाचारबाट तत्कालिन राजा बिरेन्द्र बिर बिक्रम शाहले सबैलाई यो दुखद घडीमा जुट्न र सर-सहयोग गर्न गरेको अपिल संगै सबै सहयोगको लागि निस्कन्छन । जसमा काजि पनि आफ्नो घोडा सहित हिडेका हुन्छन । यसै बीच समुह गत रुपमा निस्कदै गीत गाउदै तन्नेरीहरु अगाडी बढ्छ्न । बिल्कुलै फरक शैलीको कल्पना गर्दै यो गीत गाइएको र म्युजिक भिडियोको रुपमा प्रस्तुत गरिएको गीतका सर्जक डा रामकृष्ण निरौलाले द नेपाली टाईम्स अष्ट्रेलियासंगको कुराकानीमा बताए । सामुहिक मेहनतले गीत र म्युजिक भिडियो एकदम स्तरिय बनेको कारण पनि आफु यस प्रस्तुति प्रति निक्कै आशाबादी रहेको पनि निरौलाले बताए।
भिडियोको लागि-