यूएईमा नेपालीसहितका विदेशीलाई तीन महिने आममाफी

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले गैर कानूनीरुपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई स्वदेश फर्कन तीन महीनाको समय उपलब्ध गराएको छ ।
युएई सरकारले अवैधरुपमा बसिरहेका विदेशी नागरिकलाई वैध रुपमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीन महिने आममाफीको व्यवस्था गरेको हो ।
यो व्यवस्था अगष्ट १ देखि लागू भएर आगामी नोभेम्बर १ सम्म कायम रहनेछ ।
यसैबीच यूएईस्थित नेपाली दूतावासले यो आममाफीको भरपूर सदुपयोग गर्न त्यहाँस्थित नेपालीहरुलाई आग्रह गरेको छ । प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरु आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुन सक्ने दूतावासले जनाएको छ ।
आममाफी व्यवस्थाअनुसार यूएईको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविष्यमा युएई आउँदा हुने सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाइनेछ ।
यस्तै, वैधरुपमा यूएईमै बस्न चाहनेले काम खोज्न यूएई सरकारले तोकेको पाँच सय दिराम ९करीब रु १५ हजार० शुल्क तिरी ६ महिनाका लागि अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ । त्यसका लागि राहदानीको आवेदन दिन नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि वा प्रहरी प्रतिवेदनसहित सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
नेपाल फर्कन चाहने राहदानी नभएका नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्नेछ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...