तीजमय प्रवास

नेपाली पात्रोमा श्रावण महिना सुरु भए संगै हाम्रा धेरै चाड पर्बहरू को सुरुवातको संकेत मिल्छ । श्रावणदेखि सुरु भएका हाम्रा चाड पर्बहरू कार्तिक हुँदै मङ्सिरसम्म पुग्छन् परापूर्ब कालदेखि धार्मिक सांस्कृतिक महत्वका साथ मनाइने यी चाडबाडहरू सााच्चै नै भन्नु पर्दा तत्कालिन समयमा शुद्ध मनोरञ्जनका साधन पनि थिए । असार र श्रावणमा खेतिपाती लगाइसके पछाडि मङ्सिरसम्म फुर्सदिला हुने कृषि प्रधान देश नेपालमा यी चाडपर्बहरू समय अनुकुल पनि थिए । समय क्रम र प्रबिधि संगै अगाडि बढ्दै जाँदा हाम्रो समाज र हाम्रो संस्कार परिबर्तन नहुने कुरै भएन त्यसैले पनि आजभोलिका चाड पर्बहरू मनाउने तौर तरिका आाफैमा निक्कै फरक छन् ।
यिनै पर्बहरू बीच चेलीहरू प्रति समर्पित एक बिशेष चाड हो तीज । भाद्र शुक्ल तृतीयाका दिन पर्ने यो पर्व हिन्दू नारीहरूको महान पर्व हो । तीज मूलत: तीन दिन मनाइने भए पनि आज भोलि यसको मनाउने काइदा निक्कै फरक छन् । यसो भन्दै गर्दा चाड पर्बमा धनी हामी नेपालीहरू तिनै चाड पर्बको स्मरण गर्दै आफ्नो अनुकुल हेरेर केहि दिन अगाडि वा केहि दिन पछाडि मनाउँदै गर्दा सबैले सहज रुपमा नै लिनु पर्छ ।
यसै पनि प्रबासमा चाडबाडहरू अलिक छिटो नै लाग्ने गर्छ त्यसमा पनि अष्ट्रेलियामा त हामीले धेरै चाडपर्बहरू धेरै उल्लासमय रुपमा मनाउादै आएका छाैं । यसै क्रममा तीज आउनु भन्दा करिब महिना दिन अगाडिदेखि नै तीजको रमझमले यहाँ छोई सकेको छ । सिड्नीमा मात्रै करिब दर्जन कार्यक्रम, अनि डेढ दर्जन भन्दा धेरै कलाकारहरू ले उपस्थित जनाउने पूर्ब सूचना सहित सामाजिक संजालहरू कार्यक्रमका पोस्टर र कलाकारका फोटोले रंगिसकेका छन् ।
बिगतमा परोपकारी कार्य संग जोडिएर तीज मनाउने नारि निकुञ्ज अष्ट्रेलियाको कार्यक्रममा सुनिने गर्दथ्यो आजसम्म पनि नारी निकुञ्ज अष्ट्रेलिया त्यो निरन्तरता त छोडेको छैन । त्यसको अलबा व्यवसायिक र पूर्ण व्यवसायिक इभेन्ट आयोजकहरूले पनि नि:शुल्क या सशुल्क विविध कार्यक्रमहरू आयोजना गरिरहेका छन् । र यस्ता कार्यक्रमहरूको संख्या वर्षैपिच्छे बढी रहेको छ । आ–आफ्नो पायक पर्ने ठाउँ या मन पर्ने कलाकार हेरेर नेपालीहरू को संख्या बढे संगै केहि कार्यक्रम बढेता पनि जुन रुपमा कार्यक्रमका संख्या बढेका छन् यसलाई सकारात्मक नै लिए पनि हाम्रो समुदायले यो धान्न सक्ला वा नसक्ला त्यो भने विचारणीय छ ।
के के छन् त यस पटकका कार्यक्रम
यस पटक सिड्नीमा हुने धेरै कार्यक्रमहरू राष्ट्रिय कलाकारहरूको उपस्थिति सम्पन्न हुन गइरहेको छ । संधै झैं नारी निकुञ्ज अष्ट्रेलियाले यस पटक पनि परोपकारी तीज कार्यक्रम गर्दैछ, संधै झैं यस पटक पनि कार्यक्रमबाट उठेको रकम नेपालका गरिब र असाहय महिलाहरू को पाठेघर खस्ने रोगको उपचारका लागि खर्च गरिने नारी निकुञ्जको तर्फबाट सन्ध्या शाहले बताइन् । त्यसै गरि गत सालको अत्याधिक सफलता पछि यस पटक फरक स्थानमा अलावा पार्कमा नि:शुल्क तीज मेलाको आयोजना हुँदैछ । मायालु इन्टरटेनमेन्टको आयोजनामा खुल्ला स्थानमा ४/४ जना राष्ट्रियकलाकारहरू लाई निम्त्याएर गरिएको उक्त कार्यक्रम निक्कै उत्साहित हुने र परदेशमा चेलीहरूले माइती कै झल्कोमा तीज मनाउने कुरामा आफुहरू बिश्वस्त भएको कार्यक्रम आयोजक बिष्णु सापकोटाले बताए । यसै गरि नेपालीहरूको लागि अर्को पायक पर्ने र निक्कै प्रख्यात पार्क हो एसफिल्ड पार्क सोहि स्थानमा नेप्लिज स्कवाद इन्टरटेनमेन्टको आयोजनामा दोश्रो नि:शुल्क कार्यक्रम हुँदैछ । तीज मेला –२ नाम दिएको यस कार्यक्रममा पनि चार जना राष्ट्रिय कलाकारहरूले सहभागिता जनाउने छन् । त्यसै गरि अर्घाखााची समाजले, गुल्मी समाजले, सिड्नीदेखि निक्कै पर मिटागंग एरियामा रहेका नेपालीहरू को संस्था साउदर्न हाइलैण्ड नेपाली कम्युनिटिले, वेस्टमिड नेपाली कम्युनिटीले, ब्ल्यक्टाउन नेपाली कम्युनिटिले पनि आ–आफ्नो समुदायमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको उपस्थितीमा तीजका कार्यक्रमहरू आयोजना गरेका छन् । यसरि नै बिएमएस फ्लिम्स, नेपमार्ट, लाहुरी टिभि, कलिवुड क्लब लगायतका संस्थाहरूले पनि छुट्टा छुट्टै तीज मनाउँदै छन् । यस बाहेक हाम्रो जानकारीमा नआएका अरु धेरै कार्यक्रमहरू पनि आयोजना भैरहेका हुन सक्छन् ।
डेढ दर्जन कलाकारहरू सिड्नीमा
यो पटकको अष्ट्रेलिया र त्यसमा पनि सिड्नीको तीजमा पछिल्लो पुस्ताका कलाकार गौरी मल्लदेखि करिश्मा मानन्धर हुँदै पछिल्लो पुस्ताकी चर्चित कलाकार प्रियंका कार्कीसम्म अष्ट्रेलिया आउँदै छन् । त्यसको अलबा चर्चित लोक गायिका एवं सांसद कोमल वली अन्य गायिकाहरू माण्डबी त्रिपाठी, शान्ती श्री परियार, मन्जु पौडेल, देबी घर्ती, मेलिना राई, कल्पना कुशुम र सुनिता दुलाल सबैलाई भिन्न–भिन्न कार्यक्रमहरू मा सिड्नीमा सुन्न पाइँदैछ । यसै गरि यिनलाई साथ दिन चर्चित गायकहरू पशुपति शर्मा, खुमन अधिकारी, तेजस रेग्मी, सन्तु थापा लगायतका कलाकारहरू पनि सिड्नी आउादैछन् । यी सबै कार्यक्रमहरू मा कुनै न कुनै रुपमा सिड्नीलाई कर्मभूमि रोजेका तर कलाकारितालाई निरन्तरता दिएका धेरै स्थानीय कलाकारहरू पनि सहभागी हुँदैछन् । त्यसो त अघिल्लो हप्ता मात्र सप्तपरी नामको कार्यक्रममा पनि भिन्न भिन्न विधामा सफलता प्राप्त गरेका ७ जना चेलीहरू नेपालबाट नै आएर कार्यक्रममा सहभागिता जनाइसकेका छन् । त्यसैले पनि अष्ट्रेलिया र त्यसमा पनि सिड्नी कलाकारमैत्री शहर भन्दा फरक नपर्ला ।
अन्त्यमा, चाडपर्बका धनी हामी नेपालीहरू हाम्रा चाडपर्बलाई सांस्कृतिक महत्वका साथ मानाऔं । आफ्ना चाड पर्बहरू मनाउादै गर्दा नेपाल भित्रैका अन्य समुदायका चाडपर्बहरू लाई पनि सम्मान गरौं । चाड पर्बले हामीलाई सु–संस्कृति पनि सिकाइ रहेको हुन्छ त्यसैले पनि बदलिदो प्रबिधि संगै चाडबाड अलिकति आधुनिक र अलिकति नबिनतम रुपमा मनाउने स्वभाविक नै भए पनि हिजोआज हाम्रा चाडपर्बमा बिकृति भित्रिएका छन् भन्ने कुरालाई नकार्न सकिदैन । तीजकै कुरा गर्दा पनि महिना दिन अगाडिदेखि खर्चिला भोज भतेर यति बेला हुने गरेको सुन्न र देख्न पाईन्छ अर्को तिर यसै संग आउने गहना र कपडाको अस्वस्थ प्रतिस्प्रधाले पनि समाजमा मध्यम बर्गीय परिवारमा कलह निम्त्याएको छ । यसै संगै ‘दर’को रुपमा खाइने बर्मेली चामलको खाजा, अनदी चामलको लट्टे र खिरका ठाउँ अचेल बाहिर होटेलबाट खान मगाएर खाने जस्ता कारणले गर्दा हाम्रा परम्परागत खानाहरू नै बिर्सने दिन आउने हो कि जस्तो लाग्दैछ । तीज बर्ष भरिका दु:ख–सुखलाई लोकलयमा गाउने प्रचलन आज भोलि आधुनिक, पप, ऱ्याप र हिन्दी गीतहरूले लिइरहेको देखिनु पनि नेपाली संस्कृतिका लागि अर्को दु:खद पक्ष हो । यी त भए नेपालका घटनाहरू प्रबासमा समेत गर गहना र आबश्यक भन्दा धेरै भोज भतेर र कार्यक्रमलाई एकरुपता दिंदै धेरै भन्दा धेरै राष्ट्रिय कलाकारहरूलाई उभ्याउनु पर्नेमा सानो समूहमा खुम्च्याउनु राम्रो होइन । त्यसो भन्दै गर्दा नेपालबाट कलाकारहरू निम्त्याएर सम्पूर्ण तयारीका साथ कतै नि:शुल्क त कतै सस्तो भन्दा सस्तो शुल्कमा प्रबासको व्यस्त जीबनमा नेपालको झल्को ल्याउन प्रयासरत सबै आयोजकहरू धन्यवादका पात्र छन् । आशा गराैं आउने सालमा हाम्रा यी पर्बहरू अझ व्यवस्थित रुपमा अझ परिमार्जित रुपमा हामी मनाउन सकौं । यो बिदेशी भूमिमा हाम्रो कला सस्कृतिको विविधता र यहि विविधताले जुराएको हामी बीचको एकता हामीले सबैलाई देखाउन सकौं र सदियौंसम्म नेपालीपनको हाम्रो परिचयलाई हामी संधै जीबन्त राख्न सकाैं ।
अष्ट्रेलियाको तीज कार्यक्रम सहभागि हुने नेपाली कलाकारको यस्तो छ तयारी
कोमल वली
राष्ट्रिय सभा सदस्यको रुपमा मनोनित भए पनि सांगीतिक क्षेत्रबाट टाढा नगएकी गायिका हुन् कोमल वली । भन्नेहरू त वलीलाई तीज क्विन गायिका पनि भन्छन्, किनभने हरेक वर्षको तीजमा उनले कस्तो गीत सार्वजनिक गर्ने हुन् भन्ने कुराको प्रतिक्षा नै हुन्छ । हरेक तीजमा एक–एक वटा सांगीतिक कोसेली प्रस्तुत गर्दै आएकी गायिका वलीले यसपटकको तीजमा पनि एउटा रमाइलो गीत तयार पारिसकेकी छिन् । गायक पशुपति शर्मासंगको सहकार्यमा गायिका वलीले ‘माननीय ज्यू’ शीर्षकको तीज गीत सार्वजनिक गरकी हुन् । हरेक तीजमा विदेशमा बसोबास गर्ने नेपाली चेलीहरूलाई मनोरञ्जन प्रदान गर्दै आइरहेकी गायिका वली यसपटकको तीजमा भने अष्ट्ेरलिया आउने निश्चित भएको छ । यसपटक उनलाई अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने मल्टि डाइनामिक तीज मेला–२०१८ मा मुख्य आकर्षणको रुपमा पाउन सकिने छ । उक्त कार्यक्रममा गायिका वलीले आफ्ना लोकप्रिय गीत गाएर नेपाली चेलीहरूलाई कम्मर मर्काउन बाध्य पार्ने बताएकी छिन् । उक्त कार्यक्रममा गायिका वलीलाई नेपालबाटै सिड्नी पुग्ने कलाकारहरू गायक खुमन अधिकारी, गायिका शान्तिश्री परियार तथा गायक तेजस रेग्मीले पनि साथ दिनेछन् ।
माण्डबी त्रिपाठी
‘सिम्पल सिम्पल कान्छिको डिम्पल गर्ने गाला’ गीतको लोकप्रियतासंगै गायिका माण्डवी त्रिपाठीले सांगीतिक क्षेत्रमा पछाडि फर्केर हेर्नु परेको छैन । मेरो बारुली कम्मर लचक्कै…गीतको लोकप्रियताले सांगीतिक क्षेत्रमा अझ माथि उक्लिएकी गायिका त्रिपाठी हरेक विधाका गीत गाउन सिपालु छिन् । लोक, दोहोरी, आधुनिक, पप तथा चलचित्रका गीतमा समेत उत्तिकै जमेकी यी गायिका तीजको बेलामा अझ बढि व्यस्त हुन्छिन् । पछिल्ला केही वर्षयता उनी हरेक तीजमा एक–एक वटा तीज गीत लिएर दर्शक तथा स्रोतामाझ आइरहेकी छिन् । यो वर्ष पनि उनले तीजका लागि माण्डबीले ‘सिरिसिरि बतासैले’ शीर्षकको तीज गीत गाएकी छिन् । उक्त गीतको म्युजिक भिडियो अर्को सातासम्ममा सार्वजनिक हुने गायिका त्रिपाठीले बताएकी छिन् ।
खुमन अधिकारी
लोकदोहोरी गायक खुमन अधिकारीलाई यो वर्षको तीज भव्य रुपले लाग्दैछ । यो वर्षको तीजका लागि मात्र खुमनले झण्डै तीस वटा गीट गाउने तयारी गरेका छन् । ती मध्ये अधिकांश गीतहरू रेकर्ड भएर पनि म्युजिक भिडियोको रुपमा दर्शकमाझ आइसकेका छन् भने केही तीज गीतहरू रेकर्डिङको क्रममा छन् । तीज गीत गाउनमात्र होइन, खुमन तीज विशेष सांस्कृतिक कार्यक्रममा पनि उत्तिकै सहभागिता जनाइरहेका हुन्छन् । यो वर्षको तीज विशेष कार्यक्रममा उनी अष्ट्रेलिया उड्दैछन् । अष्ट्रेलियाको हष्र्टभिलमा आयोजना हुने नि:शुल्क तीज मेलामा खुमन आकर्षणको केन्द्र बन्ने निश्चित छ । अष्ट्रेलियाको तीज कार्यक्रममा खुमनले आफ्ना नयाँ तथा पुराना तीज गीतहरू प्रस्तुत गर्नेछन् । यसपटकको तीजका लागि खुमनले चम्किए तरुनी, हरियो चुरा छ, भुरुरु उडेको पुतली आदि शीर्षकका गीत गाएका छन् । अष्ट्ेरलियाको तीज विशेष कार्यक्रममा सहभागी भएर खुमन दुबई हुँदै जापान तथा इजरायलसम्म पुग्ने छन् । विदेशका तीज कार्यक्रम सम्पन्न गरेर स्वदेश फर्किएपछि उनी बाग्लुङमा आयोजना हुने एउटा तीज विशेष कार्यक्रममा समेत सहभागि हुनेछन् ।
मञ्जु पौडेल
गायिका मञ्जु पौडेललाई बहुमुखी प्रतिभाकी गायिका भन्दा फरक पर्दैन । उनी गायिकाका साथै कुशल सञ्चारकर्मी, कार्यक्रम उद्घोषिका तथा मोडल समेत हुन् । नेपालमा आयोजना हुने अधिकांश मेला–महोत्सवमा मञ्जु गायिका मात्र नभइ उद्घोषिकाको रुपमा पनि प्रस्तुत हुन्छिन् । गायन र तीजसंग पौडेलको एउटा रमाइलो संयोग छ । यी गायिकाले झण्डै दस वर्षअघि तीजकै गीत गाएर गायन यात्रा प्रारम्भ गरेकी हुन् । त्यसयता उनी हरेक वर्ष तीज विशेष गीत गाउँदै आएकी छिन् । यसपटकको तीजका लागि पौडेलले छम्म छम्म, माईतीको आँगनसहित पाँच वटा तीज गीत गाइसकेकी छिन् । यसपटक उनी तीज विशेष कार्यक्रमका लागि अष्ट्रेलिया आउँदैछिन् । सिड्नीको एश्फिल्डमा आयोजना नि:शुल्क तीज मेला–२०१८ मा यी गायिकाले आफ्ना लोकप्रिय तीज गीत प्रस्तुत गर्नेछन् । अष्ट्रेलियासंगै गायिका पौडेल यो वर्षको तीज विशेष कार्यक्रममै सहभागिता जनाउन जापान समेत पुग्दैछिन् । यसका साथै उनले दुबई तथा भारतको नयाँ दिल्लीको तीज विशेष कार्यक्रममा पनि सहभागिता जनाउने सम्भावन छ ।
पशुपति शर्मा
पशुपति शर्मालाई ‘तीज किङ’ गायक पनि भनिन्छ । लोक दोहारी सांगीतिक क्षेत्रका यी लोकप्रिय सेलिब्रेटी लामो समयदेखि तीज गीत गाइरहेका छन् । हरेक वर्ष उनले गाएका तीज गीतहरू लोकप्रिय हुन्छन् । यो वर्ष उनले गायिका कोमल वलीसंग गाएको ‘माननीय ज्यू’ शीर्षकको गीत मात्र होइन भिडियो समेत भाइरल भयो । यूट्युबको नेपाल ट्रेन्डिङमा समेत परेको उक्त गीतमा पशुपति शर्माले रमाइलो अभिनय समेत गरेका छन् । यसपटकको तीजका लागि थुप्रै गीत रेकर्ड गरेका गायक शर्मा तीज विशेष कार्यक्रममा सहभागिता जनाउन अष्ट्रेलिया आउँदैछन् । सिड्नीको एश्फिल्डमा आयोजना हुने नि:शुल्क तीज मेलामा गायक पशुपति शर्मा मुख्य आकर्षणको रुपमा रहने छन् । कार्यक्रममा उनले तीज विशेष लोकप्रिय गीत गाएर अष्ट्ेरलियामा बसोबास गर्ने नेपाली चेलीहरूलाई कम्मर मर्काउने योजना बनाएका छन् ।
कल्पना कुसुम
तीज गीतको क्षेत्रमा गायिका कल्पना कुसुम पनि लोकप्रिय नाम हो । उनी यसपटकको तीजका लागि अष्ट्ेरलिया पुग्दैछिन् । अर्घाखाँची समाज अष्ट्रेलियाले आयोजना गर्ने तीज विशेष कार्यक्रममा सहभागिता जनाउन कुसम अष्ट्रेलिया आउन लागेकी हुन् । कार्यक्रममा गायिका कुसुमले लेहेंगा लगाउँछु, रानी चरी, शिवजीको दर्शन, संगिनी आदि लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन् । संगीनी…उनले यो वर्ष बजारमा ल्याएको नयाँ तीज गीत हो ।
तेजस रेग्मी
गायक तेजस रेग्मी लोक–दोहोरी क्षेत्रका स्थापित कलाकार हुन् । यी युवा गायकले तीज सम्बन्धि गीतहरू पनि प्रसस्तै गाएका छन् । यही वर्ष मात्र उनले झापाली हैन, सिस्नु पानी लाउँदा नि नजानी, तारी बाँस शीर्षकका तीज विशेष गीतहरू सार्वजनिक गरेका छन् । यी गीतहरूलाई गायक रेग्मीलाई विभिन्न गायिकाहरूले साथ दिएका छन् । यसपटकको तीजमा यी गायक अष्ट्रेलियामा बसोबास गर्ने नेपाली चेलीहरूलाई मनोरञ्जन दिन सिड्नी आउँदैछन् । कोमल वली, खुमन अधिकारी, शान्तिश्री परियार आदि लोकप्रिय गायक–गायिकाहरू सम्मिलित हुने तीज विशेष कार्यक्रम तीज मेलामा गायक रेग्मी पनि प्रस्तुत हुँदैछन् । सिड्नीपछि यी गायक जापान समेत पुग्दैछन् । अघिल्लो वर्ष गायिका ज्योती मगरसंग गाएका गायक रेग्मीको तीज गीत छाता…ले चौतर्फी चर्चा समेत पाएको थियो । जापानका कार्यक्रममा भने रेग्मीसंगै गायिका मञ्जु पौडेल पनि सहभागि हुँदैछिन् ।
देवी घर्ती
गायिका देवी घर्ती र तीज गीत एक–अर्काका पर्याय झैं भैसकेका छन् । लोक–दोहोरी गीतकी यी स्थापित गायिका प्रत्येक वर्षको तीजमा नयाँ–नयाँ तीज गीत प्रस्तुत गरिरहेकी हुन्छिन् । यो वर्षको तीजमा मात्र उनले एक दर्जनभन्दा बढि तीज गीत गाइसकेकी छिन् । ती मध्ये आमा पियारी सासु नजाती, ओइ माया छमछमी नाचिदेउ, झुम्रे छोरो, कम्मरु कम्मरु, रुपवती, माइत ताल आदि यसै वर्ष बजारमा आएका तीज गीतहरु हुन् । यस पटकको तीजको अवसमार यी गायिका अष्ट्रेलियामा आयोजना हुने तीज विशेष कार्यक्रममा सहभागि हुँदैछिन् । सिड्नीको अश्फिल्ड पार्कमा आयोजना हुने तीज मेला–२ मा गायिका घर्तीले आफ्ना लोकप्रिय गीतहरुका साथै तीज गीतहरु पनि प्रस्तुत गर्ने छिन् । कार्यक्रममा देवी घर्तीले गायक पशुपति शर्मा, गायिका मञ्जु पौडेल, गायक सन्तु थापा, विजय थापासहितका लोकप्रिय गायक–गायिकाहरु संगै आफ्नो प्रस्तुती दिने छिन् ।
अन्तत: २७ दिन लामो सत्याग्रह (अनसन) पछि डा.गोविन्द केसी तथा सरकारी वार्ता टोलीबीच जुलाई २६ को मध्यरात सहमति भएको छ । डा.गोविन्द केसीले कर्णाली प्रदेशको जुम्लाबाट १५ औं अनसन प्रारम्भ गरेको २७ दिनपछि काठमाडौंको शिक्षण अस्पतलमा अनसन तोडेका हुन् । डा.केसीले नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्बाङ तथा प्राध्यापक केदारभक्त माथेकाको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
नयाँ सहमतिपत्र बोकेर सरकारी वार्ता टोलीका सदस्यहरू शिक्षण अस्पताल पुगेर सहमतिपत्रबारे अनसनरत डा.गोविन्द केसीलाई ब्रिफिङ गरेर हस्ताक्षर गरेका थिए । वार्तामार्फत अनसन तोडे लगत्तै जुलाई २७ कै दिनदेखि डा.केसीलाई आइसियुमा राखेर उपचार थालिएको छ । डा.केसीले उठाएका मागअनुसार ९ बुँदे सहमति भएको हो ।
त्यसअघि जुलाई २७ कै दिउँसो भएको वार्तामा सहमति भएपनि १० वर्षसम्म उपत्यकामा मेडिकल खोल्न दिने कि नदिने भन्नेमा विवाद भएको थियो । सम्झौतापत्रमा सरकारले आशयपत्र दिइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने बताएपछि त्यसमा केसी पक्षले अस्वीकार गरेको थियो । केसीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राखिएको थियो ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...