जोशी आजदेखि वीदा बस्ने

ओमप्रकाश मिश्रले पेसी तोक्ने
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा बस्दै हुनुहुन्छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उहाँ बिदामा बस्न लाग्नु भएको हो । जोशी बिदामा बसेसँगै न्यायालयले अझै केही समय नेतृत्व नपाउने निश्चि छ ।
सर्वोच्चमा नयाँ प्रधानन्यायधीश नियुक्त भएपछि कायममुकायम प्रधानन्यायाधीश जोशीले राजीनामा दिने सम्भावना छ । जोशीले राजीनामा नदिए न्यायाधीश भएर काम गर्न सक्ने बताइन्छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली गत २०७४ चैत्र १ गते बर्खास्ती भएसँगै चार महिनादेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ ।
जोशी वीदामा बसेपछि रोलक्रमका आधारमा वरिष्ठ रहनुभएका न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जनाएक छन् । न्यायपरिषदका अनुसार जोशीपछि रोलक्रममा क्रमशः मिश्र, चोलेन्द्रशमशेर जबरा र दीपककुमार कार्की रहनुभएको छ ।