तीज गीत लिएर आएर गायिकाद्वय जुना र प्राश्ना

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पप, आधुनिक तथा चलचित्रका गीतमा स्वर दिइरहेका गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर नयाँ तीज गीत सार्वजनिक गरेका छन् । ‘तीज आयो आफूलाई चैँ अर्कै व्यथा छ…’ शीर्षकको उक्त गीतमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा पनि गायिकाद्वयले आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन् ।

‘लोक गीत–दोहोरी गीतमा त्यति अभ्यस्त नभए पनि तीज आएपछि हामी आफैं उत्साहित हुन्छौं, गायिका प्रसाईं तथा शाक्यका अनुसार उनीहरु विगत केही वर्षदेखि लगातार रुपमा तीजका गीत गाइरहेका छन् । उनीहरुका गीतलाई दर्शक तथा स्रोताले पनि सकारात्मक रुपले ग्रहण गरेका छन् ।

मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले उक्त भिडियो सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।

यस्तो छ तीज आयो आफूलाई गीतको म्युजिक भिडियो