लामालाई एक वर्ष कैद हुने

काठमाडौं– गुण्डा नाइकेको रुपमा चिनाइएका गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधिश द्वारिकामान जोशी तथा रत्नबहादुर बागचन्दको इजलासले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै हिजो बिहीबार सजाय सुनाएको हो ।
बिशेष अदालतले लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा एक वर्ष कैद तथा एक करोड बिगो तिराउने फैसला गरेको हो । लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै २०७० जेठमा मुद्दा दर्ता भएको थियो ।
हाल लामा केन्द्रीय कारागारमा रहेका छन् । लामालाई काठमाडौं प्रहरी परिसरको टोलीले गौशालामा पेस्तोलसहित पक्राउ गरेको थियो । लामाले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गरेको अनुसन्धानमा लामासहित पाँचजना विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले २०७० साल जेठ ५ गते मुद्दा दायर गरेको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...