विराटनगरको बम विष्फोटको आशंकामा ९ जना नियन्त्रणमा

विराटनगर– विराटनगर महानगरपालिकामा हिजो आइतबार भएको विष्फोट प्रेसर कुकर बमबाट भएको प्रहरीले अनुमान गरेको छ । महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै भएको उक्त विष्फोटलगत्तै प्रहरीले नगरको सुरक्षा अवस्था कडा पारेको छ । घटनाबारे मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बम विष्फोटको जिम्मा कसैले नलिए पनि सुक्ष्म ढंगबाट घटनाको अनुसन्धान थालिएको बताए ।
एसपी केसीले घटनामा जोडिएको आशंकामा ९ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेको जानकारी गराएका छन् ।
नियन्त्रणमा लिइएकाहरुको नाम र ठेगाना गोप्य राखिएको छ । पक्राउ परेकाहरुको राजनैतिक आवद्धता र विगतका पृष्ठभूमिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले हाल सिसी टिभी फुटेज हेरेर पनि घटनाका बारेमा पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ ।
विष्फोटबाट नगरपालिका कार्यालयको झ्यालका सिसा फुटेका छन् भने मेयर पराजुलीले प्रयोग गर्दै आएको ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ । ष्फोटपछि धुवाँको मुस्लो छुट्दा कार्यालयका कर्मचारी र सेवाग्राहीबीच भागदौड मच्चिएको थियो । विष्फोटको आवाजले कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएको प्रहरीले जनाएको छ । ठाकुरको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भएको छ ।
महानगरपालिकाका एक कर्मचारीका अनुसार केही दिन अघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएरै चन्दा माग गरेको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...