केबलकारको क्षमता बिस्तार हुने

काठमाडौं– मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा ९गोन्डला० थप गरेर क्षमता बढाउन लागेको हो ।
यात्रुको बढ्दो चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा रहेको कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले बताएका छन् । उनका अनुसार केबल कारको क्षमता विस्तारपछि दैनिक थप एक हजार यात्रु लाई सेवा दिन सकिन्छ ।
सन् १९९८ मा सेवा शुरू गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म यात्रु ओसारपसार गरिरहेको छ । यसमा यात्रु ओसार्ने ३० र सामान ओसार्ने एउटा डब्बा छ । क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने तीनवटै डब्बा यात्रुका लागि हुन् ।
हालको क्षमतामा मनकामना केबलकारले प्रतिघन्टा ६ सय यात्रु ओसारपसार गर्न सक्छ । अहिले यसको दैनिक यात्रु क्षमता चार हजार आठ सय छ । डब्बा थप गरेपछि दैनिक पाँच हजार आठ सय यात्रुलाई सेवा दिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिएका छन् ।
चितवन को–ई समूहअन्तर्गतको मनकामना दर्शन प्रालिले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ। क्षमता विस्तारपछि १३ देखि १४ लाख यात्रुलाई सेवादिन सकिने कम्पनीको भनाइ छ ।
कम्पनीले केबलकारमा थप्न लागेको डब्बा कुरिनटारस्थित बटम स्टेसनमा आइसकेको छ । कम्पनीले अस्ट्रियाको डोपलमेयर कम्पनीबाट डब्बा आयात गरेको हो । डोपलमेयर केबलकार प्रविधिमा विश्वकै प्रमुखमध्येको एक कम्पनी मानिन्छ।
दशैंसम्ममा डब्बा जडान भइसक्ने श्रेष्ठले जानकारी दिनुभयो।‘दशैंका बेला मनकामना दर्शन गर्न आउने यात्रुको चाप बढ्छ,’ श्रेष्ठले भन्नुभयो–‘त्यस बेलासम्म क्षमता विस्तारको काम पनि सकिन्छ।’ क्षमता विस्तारका लागि कम्पनीले एक करोडभन्दा बढी लगानी गरेको श्रेष्ठले जानकारी दिनुभयो।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...